back
himalayan bank

सिन्धुपाल्चोकमा नै नर्स पारामेडिक्स पढ्ने व्यवस्था हुन्छ: पूर्वस्वास्थमन्त्री बस्नेत

120 

shares
nicasia bank

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको चौतारा अस्पतालमा हाल भएको व्यवस्थामा पचास वेड थप्दा सिन्धुपाल्चोकमा नै नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउन सकिने बताउनुभएको छ।

चीन सरकारको सहयोगमा सिन्धुपाल्चोकको चौतारामा निर्माण सम्पन्न भएको चौतारा अस्पतालको नवनिर्मित भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा हाल पचास वेड क्षमता रहेको उक्त अस्पतालमा पचास वेड थप गरि सिन्धुपाल्चोकमा नै नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउनुपर्छ भन्दै बस्नेतले प्रधानमन्त्री प्रचण्ड समक्ष उक्त व्यवस्था मिलाउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो ।

“सबै जिल्ला अस्पतालहरुलाई पचास वेडको स्वीकृत भइसकेको छ। प्रदेशको माताहतमा रहेको यो अस्पताललाई पचास वेड थपेर एक सय वेड बनाउन सकियो भने नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउन सकिन्छ, यहीँबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ।” उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतले मेडिकल शिक्षालाई सहज बनाउँदा नेपालबाट विदेश पढ्न जानेको आधा संख्या घट्छ भन्नुहुँदै सबै प्रदेशका एक सयदेखि तीन सयसम्म वेड रहेका अस्पतालमा नर्स, पारामेडिक्स पढ्ने व्यवस्था र तीन सय भन्दा माथि वेड भएका अस्पतालमा डाक्टर पढ्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डको मन्त्रीपरिषदमा रहेर काम गर्दा स्वास्थ्य क्षेत्रमा काम गर्न सहज भएको स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले काम गर्नका लागि अर्थ, शिक्षालगायत सरोकारवाला मन्त्रालयसंग सहजीकरणका लागि तत्कालै निर्देशन र समन्वय गर्दै उत्साहित गरेको बताउनुभयो । नवनिर्मित भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...