back
ntc
global ime bank

भीमदत्त नगरपालिकाद्वारा एकीकृत तरकारी बजार निर्माण हुँदै

426 

shares

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नं ४ मा एकीकृत तरकारी बजार निर्माण गरिरहेको छ ।

नगरपालिकाले रु साढे पाँच करोड लागतमा उक्त बजार निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले जानकारी दिए । “कृषिउपज सामग्री, मीट मार्ट र कृषि औजारसमेत उक्त बजारमा उपलब्ध हुनेछन्”, उनले भने , “एक सय ५० सटर निर्माण भइरहेका छन्, त्यसमै शीतभण्डारसमेत निर्माण हुन्छ ।” उनले दुई प्याकेजमा ठेक्का सम्झौता भएर काम भइरहेको बताए ।

उनका अनुसार २०७७ साउन २५ मा रु एक करोड ७० लाखमा एमडी ग्रुप प्रालीसँग २०७९ असार २० मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । समयमा काम सम्पन्न हुन नसक्दा अहिले उक्त कम्पनी म्याद थप पक्रियामा छ ।

त्यसैगरी रु तीन करोड ९९ लाखमा २०७७ जेठ ११ मा एम के नीरज निर्माण कम्पनीसँग २०८० जेठ ११ मा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । अहिले उक्त निर्माण कम्पनीले काम गरेको भुक्तानी नपाउँदा निर्माणको काम प्रभावित बनेको छ । “नगरपालिकासँग बजेट नहुँदा निर्माण व्यवसायीको काम गरेको भुक्तानी गर्न सकिएको छैन”, इञ्जिनीयर भट्टले भने , “निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम प्रभावित बनेका छ ।”

यहाँका स्थानीयले भने नगरपालिकाले निर्माण गर्न लागेको तरकारी बजारले कृषकलाई सहयोग पुग्ने बताएका छन् । स्थानीय महेश जोशीले किसानका लागि अहिले ‘कोल्डस्टोर’को आवश्यकता भएकाले कोल्डस्टोर निर्माण गरिनुपर्ने बताए । “सबै किसिमका कृषि सामग्री एकै ठाउँमा उपलब्ध हुनु राम्रो हो”, उनले भने , “अहिलेको आवश्यकता कोल्डस्टोर हो, यसले किसानलाई धेरै फाइदा पुग्छ ।”

महेन्द्रनगरस्थित सब्जीमण्डीमा तकारीको व्यवसाय गरिरहेका किशोर सुनारले कोल्डस्टोरको सुविधा नहुँदा किसानको उत्पादन खेर गइरहेको बताए । “अहिले यहाँको स्थानीय टमाटर प्रतिकिलो रु १० का दरले बिक्री भइरहेको छ”,उनले भने , “यहाँको उत्पादन सकिएपछि मूल्य बढ्छ, त्यसैले अहिले उत्पादन भएको तरकारी कोल्डस्टोरमा राख्नसके उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्छ ।” मौसमका बेला प्रशस्त तरकारी उत्पादन हुने कञ्चनपुरमा हालसम्म एउटा पनि कोल्डस्टोर छैन ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...