back
rubela khop

मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै

762 

shares
rubela khop

काठमाडौँ । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ ।

सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए । आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने उनले बताए ।

यसअघि अतिक्रमति घरटहरा, छाप्रा, भर्याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो । ती सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन थालिएको गरेको बरालले बताए ।

अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका–१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मङ्गलबार भत्काएको छ । यसलाई तीव्रता दिँदै भक्तपुर र काठमाडौँतर्फका सबै अतिक्रमित संरचना भत्काइने उनले बताए।

मनोहरास्थित टहरामा बस्दै आएकाहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि उच्च अदालतले २०८० जेठ ४ गते अन्तरिम आदेश नदिई खारेज गरेको र अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै अतिक्रमित घरटहरा हटाउन पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेकाले बाध्य भएर डोजर चलाएको उनले जानकारी दिए ।

आयोजनाले भदौ २९ गते पनि अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको तर अटेर गरेको पटक–पटक अतिक्रमित क्षेत्र र आयोजनाभित्र माइकिङ गरेको र गतसाता मात्रै घरमै गएर सूचना टाँस गर्नुका साथै पुनः माइकिड गर्दा पनि अटेर गरेको उपनिर्देशकको बरालको भनाइ छ । भित्री सडक खुलिसकेको, तर मुखको सडकमा संरचना बनाएर नौ मिटर चौडा सडक नै कब्जा गरेपछि संरचना भत्काइको उनको भनाइ छ ।


एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन...

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले मिथिला, धनुषास्थित गौतम...

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु...

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

काठमाडौ । नेपालका लागि बेलायती राजदूत रब फेनले दोहोरो...

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित...

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त...