back
rubela khop

बर्दघाटमा ट्रमा सेन्टर बनाउन जग्गा सुनिश्चित

336 

shares
rubela khop

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापश्चिमको बर्दघाटमा ट्रमा सेन्टर बनाउन आवश्यक जग्गा सुनिश्चित गरिएको छ । बर्दघाट नगरपालिका–२ चिसापानीस्थित राष्ट्रिय आवास कम्पनीको नाममा रहेको कुल आठ बिघा दुई कठ्ठा १२ धुर जग्गामध्ये एक बिघा १० कठ्ठा जग्गामा ५० शय्याको ट्रमा सेन्टर बनाइने भएको छ ।

बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच ट्रमा सेन्टर बनाउनका लागि जग्गाको सम्झौता भएको छ । कम्पनीसँग भाडामा लिइएको सो जग्गामा अब सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण हुने छ । ट्रमा सेन्टर निर्माणपश्चात उक्त सेन्टर लुम्बिनी प्रदेशकै सुविधायुक्त स्वास्थ्योपचार थलोका रूपमा स्थापित हुने विश्वास लिइएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार १० करोड विनियोजन गरिएको थियो । तर बनाउनका लागि जग्गा यकिन हुन नसक्दा उक्त रकम फ्रिज भएको थियो । ट्रमा सेन्टर ‘ढिलै भए पनि ट्रमा सेन्टर निर्माणका लागि जग्गा सुनिश्चित भएको छ’, उनले भने ।

राष्ट्रिय महत्वपूर्ण आयोजनाका रूपमा मानिएको ट्रमा सेन्टर निर्माण हुने सुनिश्चितताले यस क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको सङ्घीय सांसद विनोद चौधरी बताउँछन् ।

ट्रमा सेन्टर निर्माणका लागि आव २०७९÷८० मा सङ्घीय सरकारले चार करोड विनियोजन गरेको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको ट्रमा सेन्टरको लागत रु ३५ करोड रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवन कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को बर्दघाटमा निर्माण हुने ट्रमा सेन्टरमा विभिन्न छ विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्योपचार सुविधा हुनेछ । पूर्व–पश्चिम राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले ट्रमा सेन्टर निर्माणले दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्यामा कमी आउने विश्वास गरिएको छ । ट्रमा सेन्टर निर्माणपछि सामान्य उपचारका लागि बुटवल तथा भारत जानुपर्ने बाध्यता हट्ने छ ।


कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित...

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त...

राजनीतिमा आउने साराको संकेत

राजनीतिमा आउने साराको संकेत

काठमाडौं।बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम...

साउदी अरबले पहिलो पटक मिस युनिभर्समा भाग लिने

साउदी अरबले पहिलो पटक मिस युनिभर्समा भाग लिने

काठमाडौँ । यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स...

वर्तमान गठबन्धन सरकार लामो समय टिक्नेवाला छैन : महामन्त्री थापा

वर्तमान गठबन्धन सरकार लामो समय टिक्नेवाला छैन : महामन्त्री थापा

परासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट पुनः...

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी...