back
adikar sampana bagmati
fikal gaupalika

आगामी बजेटमा पिउने पानीलाई विशेष जोड दिएका छौंः प्रमुख वाइबा

510 

shares

टोकबहादुर वाइबा, नगर प्रमुख, मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोक

विद्यार्थी जीवनबाटै राजनीतिमा लागेका टोक बहादुर वाइबा काभ्रेका स्थापित नेता हुन् । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ मा जन्मिएका वाइबाको पठनपाठन पनि सोही ठाउँमा भएको हो । २०३६ सालको जनमत संग्रहबाट राजनीतिमा होमिएको वाइबा २०३९ सालमा उप–प्रधानपञ्जमा निर्वाचित भएका थिए । त्यतिबेला उनी नेकपा मालेको सक्रिय कार्यकता थिए । बहुदल आइसकेपछि २०५४ सालमा वाइबाले गाविस अध्यक्ष जितेका हुन् । त्यसपछि २०७४ मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भए ।

फेरि २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा उनी मण्डनदेउपुरकै प्रमुखमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । यसरी पञ्चायती व्यवस्थादेखि मुलुकमा प्रजातन्त्र पुनस्र्थापनाहुँदै गणतन्त्रसम्म आइपुग्दा वाइबाले पाँचपटक स्थानीय तहको नेतृत्व गरिसकेका छन् । सधैं जनताको काममा दत्तचित्त उनी इमान्दार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । इच्छशक्ति नै सफलताको कडी ठान्ने उनी आफ्नो कार्यकालभित्र प्रतिबद्धता अनुसारको काम पुरा गरेरै छाड् ठोकुवा गर्दछन् । उनै प्रमुख वाइबासँग स्थानीय तहको विकास निर्माणमा केन्द्रित रहेर तरुणदैनिक डटकमका लागि कालिका महत र निशा ठकुरीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं नगर प्रमुखमा निर्वाचत भएको एक वर्ष भयो, योबीच के÷कस्ता सुधारका काम गर्नुभयो त?
म यस नगरपालिकाको प्रमुख निर्वाचित भएको यो दोस्रो कार्यकाल हो । मेरो दोस्रो कार्यकालको एक वर्षमा पहिलो कार्यकालमा थाती रहेका कतिपय कामहरु परिपूर्ति गर्ने र केहीलाई निरन्तरता दिने काम भइरहेको छ । अघिल्लो कार्यकालमा नेकपा एमालेबाट नगर प्रम्ुखमा निर्वाचित भएको थिएँ । अहिले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएको हुँ ।

स्थानीय तहको आम्दानीको स्रोत भनेको कृषि उपार्जन हो, यसलाई व्यवसायिक र आधुनिकीकरण गर्न कस्तो योजना ल्याउनुभएको छ ?
कृषि उपार्जनको व्यवसायिक र आधुनिकीकरण गर्न हामीहरुले विभिन्न सुधारका योजनाहरु ल्याएका छौं । जस्तो पशुपालक किसानहरुलाई दूध बेच्ने बाल्टिन, क्यानहरु वितरण गर्ने । कृषिलाई आधुनिकीकरण गर्नको लागि कृषि सामग्रीहरु खेत, बारी जोत्ने हाते ट्याक्टरहरु वितारण गर्ने । त्यसैगरी नागरिक र नगरपालिकाको साझेदारीमा कृषि चुनहरु वितरण गर्ने । कृषि उत्पादन बढाउन गाउँ, टोलमा पुगेर खेतबारीको माटो निःशुल्क सर्वेक्षण गर्नेलगायतका थुप्रै सुधारोन्मुख काम नगरपालिकाले गरेको छ ।

स्थानीय सरकार तरकारी, फलफूल खेतीलाई व्यवसायिक र आधुनिकीकरणमा पहल गरेन, सधैं खेतीको सिजनमा मल अभावमा किसान भौतारिइरहेका हुन्छन् त्यसलाई कसरी सहजीकरण गर्नुहुन्छ ?
तरकारी उत्पादनको कुरा गर्नुपर्दा गोलभेडाको लागि टनेलहरु वितरण गरेका छौं । ती टनेलहरु बनाउँदा पनि बाँसको होइन फलामको रड राखेर बलियो बनाउन सुरु गरेका छौं । त्यसमा जिल्ला कृषि ज्ञान केन्द्र, नगरपालिकाका विभिन्न कृषि सहकारीहरु र नगरपालिकाको साझेदारीमा गोलभेडा खेतीको लागि स्थायी टनेल वितरण गरेका छौं । तरकारी, फलफूल खेतीसँगै बाख्रा पालनको लागि पकेट एरिया घोषणा गर्नेका काम पनि भइरहेको छ । मलको कुरा गर्दा स्थानीय गाई, भैंसी, बाख्रा पालनको लागि जैबिक घाँसको व्यवस्था गरेका छौं ।

ती पशुचौपायबाट उत्पादन हुने कम्पोष्ट मल तयार गर्नको लागि विभिन्न खाले चेतनामुलक कार्यक्रमहरु गरेका छौं । रासाइनिक मलको लागि त संघीय सरकारले पहल गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । खेतीको सिजनमा किसानहरु मल, बिऊ नपाएर भौतारिनु परेको देख्दा धेरै दुःख लाग्छ ।

हाम्रो जस्तो कृषि प्रधान देशमा खेतीको सिजनमा मल, बिऊ हुँदैन । सिंचाईंको लागि पानी हुँदैन । बल्लतल्ल कृषि उत्पादन गरिहाले पनि बिचौलियाले खेलेर किसानहरुले उचित मूल्य पाउँदैनन् । त्यसकारण स्थानीय किसानहरुको लागि केन्द्र सरकारले केही गर्न सकेको जस्तो लाग्दैन । नगरपालिकाले न रासाइनिक मल उत्पादन गर्न सक्छ, न त आयात नै गर्न सक्छ । यो किसानको लागि ज्यादै दुःखदायी कुरा छ ।

किसानहरुको बजारसँग पहुँच भएन, सबैतिर कर लगाइन्छ भन्ने गुनासो यसलाई कसरी न्यूनिकरण गर्नुहुन्छ ?
स्थानीय सरकारले कृषि उत्पादनहरुमा कर लगाएको छैन । जस्तो दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अन्य कृषि उपार्जनमा कर लगाइएको छैन । अहिलेसम्म स्थानीय तहले किसानहरुले उत्पादन गरेको चाहे खाद्यान्न बाली होस् अथवा फलफूल, तरकारी होस्, ती कुनै पनि वस्तुमा स्थानीय सरकारले कर लगाएको छैन । बरु बिचौलियाहरुले बीचमा खेलेर किसान र उपभोक्ता ठगिइरहेका छन् । उता किसानले उचित मूल्य नपाउने र बजारमा पुगिसकेपछि उपभोक्ताले बढी मूल्यमा खरिद गर्नुपर्ने अवस्था चाहीं छ ।

त्यो गर्ने बिचौलियाहरुले दुवैतिर मारमा पारेका छन् । त्यसकारण प्रदेश र संघीय सरकारले किसानलाई बजारसँग जोड्ने वातावरण मिलाउनुपर्छ जस्तो लाग्छ । त्यसको लागि किसानले उत्पादन गरेका वस्तुहरुको उचित बजार व्यवस्थापनको जिम्मा प्रदेश र केन्द्र सरकारले लिनुपर्छ । किसानहरुले जति दूध, घिउ, तरकार, फलफू तथा अन्य उत्पादन गरेका छन् त्यसलाई सहज बजार व्यवस्थापन गर्ने त्यो भएन भने उनीहरुको उत्पादन सरकारले उचित मूल्यमा किनिदिनुपर्छ भन्ने मेरो जोडदार माग छ ।

अहिले सामुदायिक विद्यालयहरु लथालिङ्ग भए, गुणस्तरीय पढाइ छैन, कतै विद्यार्थीभन्दा शिक्षक बढी छन्, कतै विद्यार्थी छन् शिक्षक छैनन्, भएका पनि विभिन्न पार्टीको कार्यकर्ता भएर हिड्छन् भन्ने गुनासो छ नि ?
मण्डनदेउपुर नगरपालिकाको नामाकरण २०७३ साल फागुन २७ गते गरिएको हो । २०७४ सालको वैशाख ३१ गते सम्पन्न निर्वाचनमा म निर्वाचित भएँ । त्यसपछि यस नगरपालिकाभित्र पर्ने स्वास्थ्य र शिक्षाको सन्दर्भलाई पहिलो प्राथमिकतामा राखेका छौं ।

त्यसमा तपार्इंले भनेजस्तो यो अव्यवस्थित र गुणस्तरहीन शैक्षिक अवस्थालाई गुणस्तरीय र व्यवस्थित बनाउँ भनेर हामीले २०७४ सालको पहिलो नगरसभाले शिक्षा ऐन, नियावली र कार्यविधि बनायौं । त्यसपछि शिक्षाको अनुगमन समिति बनायौं । त्योसँगै कतै विद्यार्थी छ, शिक्षक छैन, कतै शिक्षक बढी छन् विद्यार्थी छैनन्, कतै विद्यार्थी र शिक्षक छन् तर पढाइको लागि उचित वातावरण र भवन छैन ।

यसरी चारैतिरबाट सामुदायिक विद्यालय अव्यवस्थित भएको साँचो हो । उक्त सामुदायिक विद्यालयलाई व्यवस्थित र गुणस्तरी बनाउने पहिलो दायित्व नगरवासीको हो भनेर हामीले २०७५ सालदेखि नै त्यस्ता स्कुलहरु मर्जर गर्ने काम ग¥र्यौैं । पढाइलाई चुस्तदुरुस्त र जीवनोपयोगी बनाउन आन्तरिक माध्यम, नेपाली र मातृ भाषाबाट पढाउने व्यवस्था मिलाएका छौं । हामीले मातृ भाषाको शिक्षालाई किन जोड दिएको भन्दा यहाँ तामाङ, गुरुङहरु ठूलो बस्ती छ । अहिले हामीले कक्षा ४ सम्म मातृ भाषाबाट पनि पढाउने व्यवस्था मिलाएका छौं ।

त्यसले गर्दा मातृभाषाबाट पढाउने वातावरण सिर्जना गरेपछि कतिपय विद्यार्थी र अभिभावकहरुमा उत्थासाह छाएको पाइएको छ । तपार्ईले भनेजस्तै हामीले त्यस्ता अव्यवस्थित अवस्थामा गुज्रिएका ६ वटा विद्यालय त २०७५ सालमा मर्जर ग¥र्यौं । अन्य ६ वटा विद्यालय घटुवा पनि गरेका छौं । हाम्रो नगरपालिकाले सामुदायिक विद्यालयलाई व्यवस्थित, गुणस्तरीय पढाइको सन्दर्भमा सुधारका धेरै काम गरेको छ । त्यसको लागि दरबन्दी नभएको ठाउँमा त्यसको व्यवस्था गर्ने, विषयविज्ञ शिक्षक अभाव भएको ठाउँमा परिपूर्ति गर्ने र पढाइ सुचारु भएको छ कि छैन भनेर अनुगमन गर्ने काम पनि भइराखेको छ ।

पढाइलाई चुस्तदुरुस्त बनाउन माविमा कम्तिमा ५ वटा स्थायी हुनुपर्छ अहिले सबै गरेर हामीले १७ वटा दरबन्दी पु¥याइएको छौं । संघीय सरकारले दरबन्दी सिर्जना गरेको थिएन । अहिले स्थानीय सरकार आएपछि त्यसको व्यवस्था गरेको छ । निमाविमा पनि कम्तिमा ४ वटा स्थायी दरबन्दी हुनुपर्छ । त्यसको लागि पनि हामीले धेरै पहल गरेका छौं । यति हुँदाहुँदै पनि हामीले नगरपालिकाको तर्फबाट दरबन्दी सिर्जना गरेर बजेटको व्यवस्थापन गरेका छौं । यी कार्यले पहिलाको तुलनामा अहिले सामुदायिकको गुणस्तरमा विस्तारै वृद्धि हुँदै गएको छ । अहिले सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइ थालिएको छ ।

शिक्षाको क्षेत्रमा तपाईंले यसो भनिरहँदा स्वास्थ्यको क्षेत्रमा मण्डनदेउपुर नगरपालिकाले कस्तो सुधारोन्मुख कामहरु गरेको छ त ?
स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा हाम्रो नगरपालिका हिजोको पाँचवटा गा.वि.स. मिलाएर नरपालिका घोषणा गरिएको हो । पाँचवटा गाविसलाई हामीले १२ वटा वडा बनाएका हौं । यसमा हिजो पाँचवटा मात्रै स्वास्थ्य चौकीहरु थिए । अहिले हामीले स्वास्थ्य चौकीहरु नभएको ठाउँमा नगरपालिकाको बजेटले ५ वटा स्वास्थ्य केन्द्रहरु निर्माण गरिसकेका छौं । सबै वडामा स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ ।

त्यसैगरी हामीले प्रत्येक वडामा बालबालिकाको लागि पोख केन्द्र कार्यmमको आयोजना गरेको छौं । त्यसको सार्थकताको लागि एउटा वडामा दुईवटा पोखकेन्द्रको व्यवस्था मिलाएका छौं । यसरी हामीले प्रत्येक वडामा दुईवटा खोपकेन्द्रको निर्माण गरेका छौं । यसरी स्थानीय सरकारले आवश्यकता ठानेर निर्माण गरेको स्वास्थ्य चौकीहरुमा संघीय सरकारले चिकित्सक, अहेब, अनमी र नर्सको व्यवस्था मिलाउनुपर्ने हो ।

स्थानीय सरकारले नयाँ सिर्जना गरेको हेल्थपोष्टहरुमा संघीय सरकारले दरबन्दी पठाउनुपर्ने हो । त्यसको लागि अनमी, सीएमए र कार्यालय सहयोगीलगायतका दरबन्दीहरु प्रदेश र संघीय सरकारले नै तय गरेर पठाउनुपर्ने हो । तर, संघीय र प्रदेश सरकारले त्यो दरबन्दी पनि सिर्जना नगरेको अवस्थामा नगरपालिकाले पनि नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा नराखेको देखेपछि हामीले अहिले स्थानीय तहको वडा, वडामा दरबन्दी सिर्जना गरेका छौं ।

यसरी हरेक वडामा स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाएपछि नागरिकले स्थानीय सरकारको अनुभूति गरेका छन् । अर्को मण्डनदेउपुर काभ्रे जिल्लाको सबैभन्दा कान्छो नगरपालिकाको रुपमा घोषणा गरिएको नगरपालिका हो । उक्त नगरपालिकामा प्रदेश र नगरपालिकाको साझेदारीमा हस्पिटल बनाउने भनेर गत वर्षदेखि नै हामीले हस्ताक्षेर सुरु गरिसकेका छौं

त्यसको लागि मण्डनदेउपुर नगरपालिका प्राथमिक हस्पिटल भनेर हामीले आधारमूत प्राथमिक अस्पतालको रुपमा सुरु गरिसकेका छौं । हस्पिटल निर्माणको लागि ठेक्का दिन सूचना पनि प्रकाशित गरिसकेका छौं ।छिट्टै नै त्यसको ठेक्का सूचना प्रकाशित हुन्छ । अहिले मेरो दोस्रो कार्यकालको एक वर्ष बितिसकेको छ । आगामी दुई वर्षभित्र हामीले प्रतिवद्धता गरेको काम सम्पन्न गरिसक्ने छौं भन्ने लाग्छ । मैले चुनावमा प्रतिबद्धता गरेको यो काम परिपूर्ति गर्न अहोरात्र खटिरहेको छु ।

आउँदै गरेको नयाँ बजेटमा कुन क्षेत्रलाई प्राथमिकता दिएर ल्याउँदै हुनुहुन्छ त्यसको बारेमा स्पष्ट पारिदिनुहोस् न ?
काभ्रेको मण्डनदेउपुर नगरपालिकाको आउँदै गरेको नयाँ बजेटको सन्दर्भमा कुरा गर्नुपर्दा हामीले पिउने पानीलाई विशेष जोड दिएका छौं । पिउने पानी भनेको स्वास्थ्यको दृष्टिकोणले पनि धेरै महत्वपूर्ण पाटो हो । हामीले स्थानीय तहको कुरा गरिरहँदा स्वास्थ्य, शिक्षा र पिउने पानी अत्यन्तै महत्वपूर्ण विषयको रुपमा लिएका छौं । त्यसको लागि मण्डनदेउपुरले ‘एक घर, एक धारा’को अवधारणा ल्याएको छ । त्यो अवधारणालाई हामीले बितोका ४ वर्षे कार्यकालमा ६५ प्रतिशत लागु गरिसकेका छौं ।

अहिले दोस्रो कार्यकालमा सोही अवधारणाअनुसार हामीले दुईवटा ठूला–ठूला खानेपानी आयोजना अगाडि सारेका छौं । त्यसमा एउटा मण्डन उपत्यका खानेपानी, त्यसमा ८३ करोडको योजना तर्जुमा गरेका छौं । त्यो योजना निर्माणाधिन अवस्थामा रहेको छ । अर्कोको नगरकोट, त्यहाँका होटेलहरु र त्यस आसपास बसोबास गर्ने नागरिकहरुको लागि पिउने पानीको व्यवस्था मिलाउन यो अवधारणा ल्याएका छौं ।

२७ करोड लगानीको नगरकोटा खानेपानी आयोजना ल्याएका छौं । यसरी हामीले एउटा मण्डन उपत्यका खानेपनी लिस्टिङ ८३ करोडको छ भने अर्को २७ करोड लगानीको नगरकोटा खानेपानी आयोजना गरी दुईवटा खाने आयोजनाको व्यवस्था अगाडि सारेका छौं । यसरी दुईवटा खानेपानी आयोजनाको व्यवस्था गरिएको छ ।

त्यसमा एउटा ८३ करोड र अर्को २७ करोडको लागतमा आयोजना तर्जुमा गरिएको छ । त्यसमा नगरको क्षेत्रमा २७ करोड र मण्डन क्षेत्रमा ८३ करोड रहेको लागतमा आयोजनाहरु खडा गरिएको छ । यी आयोजनाहरु सम्पन्न हुँदा हाम्रो नगरपालिकाभित्रका नागरिकहरुमा एक घर, एक धाराको अवधारणामा सम्पन्न हुनेछन् । त्योसँगै नागरिकको अनिवार्य आवश्यकता परिपूर्तिको लागि विभिन्न सुधारको कामहरु गरेका छौं ।

जस्तो हामीले विगत चार वर्षमा सडक फराकिलो बनाउने काम गरेका छौं । त्योसँगै हामीले गत सालमा सुरु भएको सडक कालोपत्रे गर्ने योजना पनि यसपालि सम्पन्न गर्दै छौं । त्योसँगै मण्डनदेउपुर नगरपालिकाले काभ्रे जिल्लाकै सबैभन्दा ठूलो प्रशासनिक भवन निर्माण सम्पन्न गरिसकेका छौं । मेरो अघिल्लो कार्यकालमा २३ करोड लागतमा निर्माण सुरु भएको प्रशासनिक भवनको ९० प्रतिशत हाराहारी काम हामीले सम्पन्न गरिसकेका छौं । अब केही महिनाभित्र निर्माण सम्पन्न गर्ने हाम्रो योजना रहेको छ ।


गाउँपालिका राष्ट्रिय महासंघ र नरपालिका संघद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी

गाउँपालिका राष्ट्रिय महासंघ र नरपालिका संघद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले गत...

विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार प्रदान

विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार प्रदान

काठमाडौं । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा...

विकासका योजना भएपनि बहुमत नहुँदा कार्यान्वयमा ल्याउन समस्या छः अध्यक्ष महतो

विकासका योजना भएपनि बहुमत नहुँदा कार्यान्वयमा ल्याउन समस्या छः अध्यक्ष महतो

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दोस्रो कार्यकालका लागि पहिलो...

छेडागाड नगरपालिकामा खाजा खानाको बिल मात्रै ५४ लाख

छेडागाड नगरपालिकामा खाजा खानाको बिल मात्रै ५४ लाख

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च...

अधिकार सम्पन्न बागमतीको २० वर्षे गुरुयोजनाले सार्थकता पाउँदै

अधिकार सम्पन्न बागमतीको २० वर्षे गुरुयोजनाले सार्थकता पाउँदै

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति...

किसानलाई दुहुनो भैँसी वितरण

किसानलाई दुहुनो भैँसी वितरण

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो...