back

आउँदो चुनावमा एमाले र लोसपाबीच गठबन्धन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी (लासपा) ले चुनावी गठबन्धन गर्ने तयारी थालेका छन् । यी दुई दलबीच चुनावी गठबन्धनका लागि छलफल शुरु भएको छ । तर, एमालेले भने मधेस प्रदेशमा मात्र चुनावी गठबन्धन गर्नेगरी छलफल भइरहेको बताएको छ ।

एमाले(लोसपा गठबन्धनलाई मूर्त बनाउन दुबै पार्टीका अध्यक्ष छलफलमा जुटेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच संवाद सुरु भएको छ । उनीहरू गठबन्धन गरेर चुनावी मैदानमा जान सकारात्मक भए पनि गठबन्धनको मापदण्डको विषयमा भने छलफलले प्रवेश पाएको छैन ।

लोसपा नेता डा। सुरेन्द्र झाले लोसपाले राष्ट्रिय पार्टीहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । ठाकुरले गठबन्धनको विषयमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेको उनले जानकारी दिए ।

‘गठबन्धन सम्बन्धी निणर्य गर्ने सम्पूर्ण अधिकार अध्यक्ष ज्यूलाई हामीले दिएका छौं । उहाँले एमाले अध्यक्ष ओलीसँग कुराकानी गर्नु भएको छ’, उनले भने । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी सहकार्यका लागि छलफल भइरहेको जानकारी दिए । ‘हामी छलफलमा छौं । छलफल सकारात्मक छ’, उनले भने ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...