back

बाबुराम र उपेन्द्रले बोलाए छुट्टाछुट्टै बैठक

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्। बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन्।

बाबुरामनिकट नेता विश्वदीप पाण्डेका अनुसार असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।

छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको उनले बताए। बैठकमा बाबुरामले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी छ। यस्तै उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ।

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार वीरगञ्जमा बस्ने बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको छ।‘काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ भन्दै उनले विज्ञप्ति जारी गरेका छन्।

जसपा विभाजन उन्मुख छ। संघीय परिषद अध्यक्ष बाबुराम र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र पक्षबीच सौहार्यपूर्ण वातावरणमा अलग हुने सहमति भएका थिए। जसपाले हालै तीन मन्त्री फिर्ता गरी नयाँ मन्त्री पठाउँदा पनि बाबुरामसँग परामर्श नगरिएको नेताहरू बताउँछन्।


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...