back

आलु उत्पादन गरेर जीविकोपार्जन गर्दै किसान

276 

shares

चौतारा। सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम बनेको छ । अन्य खेतीको तुलनामा आलुबाट बढी फाइदा हुने भएपछि किसान आलुखेतीमा आकर्षित भएका हुन् ।

जिल्लाको मध्यभागमा पर्ने ब्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलुखेतीले हरियाली भएका छन् । आलु लगाएर यस क्षेत्रका किसानले वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानीय रवीन्द्र खड्का बताउनुहुन्छ । कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद र वर्षात् दुवै याममा पानी लाग्ने नौबिसेफाँटमा धानखेती गर्दा मुस्किलले चार–पाँच बोरा उत्पादन हुने गर्दथ्यो । त्यही खेतमा आलु लगाउँदा रु ९० हजारसम्मको आम्दानी गर्दै आएको बताउनुहुन्छ ।

आलुखेतीबाट पर्याप्त आम्दानी भएपछि बतासे रानीटारका केदारनाथ काफ्लेले पनि पाँच वर्षदेखि आलुखेती लगाउँदै आइरहेको र यसपाला करिब रु १५ हजार खर्च गरेर आलुखेती गरेको बताउनुभयो । यसबाट कम्तीमा रु ६०–७० हजार आम्दानी हुने उहाँको आश छ । ब्रम्हायणी नदी आसपासका फाँटमा सिँचाइ सुविधा प्रशस्त भएकाले पनि किसानलाई आलुखेती लगाउन निकै सुविधा भएको फुल्पिङकोटका प्रेमबहादुर भण्डारीको भनाइ छ ।

उता इन्द्रावती नदी दायाँ–बायाँका खेत पनि आलुखेतीले हरियाली भएका छन् । आलुखेतीबाट मनग्य आम्दानी भएपछि किसान आलुखेती लगाउन हौसिएका छन् । विगतमा गहुँखेती लगाएर जीविकोपार्जन गर्दै आएका किसान आलुखेतीमा समर्पित भएपछि यस क्षेत्रका बासिन्दाको आम्दानीमा सुधार भएको इन्द्रावती गाउँपालिका–१२ भीमटारका वडाध्यक्ष सुरेन्द्र दनुवार बताउनुहुन्छ । आलुखेती लगाएरै इन्द्रावती नदी आसपासका बासिन्दाले वार्षिक करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएको दनुवारले बताउनुभयो ।

आलु र तरकारी खेतीमा किसान लागेकाले यसलाई व्यवस्थित पार्न सिपाघाटमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको सिपापोखरेका सीताराम श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको उच्च पहाडी भू–भागमा उत्पादन हुने आलु पूर्णरूपमा अग्र्यानिक हुने भएकाले पछिल्लो समय यहाँ उत्पादन हुने आलुले राजधानीमा समेत राम्रो बजार लिएको मुडे आलु विकास केन्द्रले जनाएको छ ।

 


महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको...

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली (तनहुँ)। तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला...

वायु प्रदूषणका कारण बिरामीको सङ्ख्या बढ्दै

वायु प्रदूषणका कारण बिरामीको सङ्ख्या बढ्दै

गलेश्वर (म्याग्दी)। म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर...

सांसद खानद्वारा सपथ ग्रहण

सांसद खानद्वारा सपथ ग्रहण

काठमाडौँ। सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित...

बेपत्ता भएका जोशीको उद्धार गरिदिन राष्ट्रपति पौडेलसँग परिवारको आग्रह

बेपत्ता भएका जोशीको उद्धार गरिदिन राष्ट्रपति पौडेलसँग परिवारको आग्रह

काठमाडौं। कञ्चनपुरका विपिन जोशीको परिवारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा...

नेविसंघले बुझायो, तामाकोशी गाउँपालिकामा ज्ञापनपत्र

नेविसंघले बुझायो, तामाकोशी गाउँपालिकामा ज्ञापनपत्र

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकामा नेविसंघले ज्ञापनपत्र बुझाएको छ...