back

विराटनगर अस्पतालले क्यान्सर अस्पताल बनाउदैँ

काठमाडौं । विराटनगर अस्पताल प्रालिले २ अर्ब रुपैयाँभन्दा बढी खर्चेर क्यान्सर अस्पताल बनाउने भएको छ । मार्केट पोजिसन थप बलियो बनाउने रणनीतिसहित यो योजना अघि सारेको हो।

गत कात्तिकसम्म कम्पनीले निर्माणाधीन अस्पतालमा डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। क्यान्सर अस्पताल पुसमा सञ्चालन गर्ने लक्ष्य प्रालिको छ।

यसका लागि भवन निर्माण भइसकेर मेडिकल उपकरण जडानको काम भइरहेको छ। यद्यपि ‍बढ्दो मुद्रास्फिति, डलर भाउ र बढ्दो ब्याजदरले गर्दा १० करोड रुपैयाँ थप खर्च हुने अनुमान गरिएको छ।

सो अस्पतालको कुल लागतमा संस्थापकको २६ प्रतिशत पुँजी मात्र उपयोग भएको छ। बाँकी ७४ प्रतिशत कर्जा लिएको हो। कम्पनीको कुल अनुमानित लागत २ अर्ब ८ करोड ७० लाख रुपैयाँ छ। जसका लागि कम्पनीले ३ अर्ब रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ। कर्जाका लागि कम्पनीले रेटिङ गराएको हो।

बजारमा बढ्दो प्रतिष्पर्धाले विराटनगर अस्पतालको आम्दानीको वृद्धि दर भने साँघुरिदो छ। अघिल्लो आर्थिक वर्षको तुलनामा २०२१÷२२ मा विराटनगर अस्पतालको आम्दानी ९ प्रतिशतले खुम्चियो। जबकि २०२०÷२१ मा अस्पतालको आम्दानी ५८ प्रतिशत बढेको थियो।

अस्पतालले २०२०÷२१ मा डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो। त्यसअघि अर्थात २०१९÷२० मा ९८ करोड ७० लाख र २०१८÷१९ मा ७६ करोड ४० करोड रुपैयाँको कारोबार गरेको थियो।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...