back

अप्रेसनमा लापरवाही हुँदा पिडित पक्षले माग्यो क्षतिपूर्ति

काठमाडौं । छोराको गलत तरिकाले अप्रेसन गरेको भन्दै एक अभिभावकले मेडिकल कलेजविरुद्ध क्षतिपूर्तिसहित न्यायको माग गरेका छन ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ का रामजियावन मिश्राका छोरा वर्ष १३ को रूपक मिश्रालाई भैरहवास्थित मेडिकल कलेजले गलत अप्रेसन गरेको एक वर्षदेखि अहिलेसम्म विभिन्न बहानामा उपचार गराइरहेको छ । काठमाडौं गएर हड्डी रोग विशेषज्ञलाई चेकजाँच गराउदा अप्रेसन नै गलत तरिकाले भएको भन्ने थाहा पाएपछि मिश्राले मेडिकल कलेजप्रति आक्रोश पोख्दै न्यायका लागि मिडिया गुहारेका हुन् ।

२३ असार २०७६ मा खेल्ने क्रममा घरको छतबाट लडेर हात भाँचेका रुपक उपचारका लागि भीम अस्पताल गए । अस्पतालले उपचार गर्न जटिल रहेको भन्दै युनिभर्सल मेडिकल कलेज रिफर गर्‍यो । मेडिकल कलेजको डा। प्रकृतिराज कँडेल र डा। किशोर श्रेष्ठको नेतृत्वमा अप्रेसन भयो । हातमा स्टिलसमेत राखिएको रुपकको हालै मात्रै स्टिल निकाल्दा हात सन्चो हुनुका साटो थप समस्या र दुखाई भयो ।

चिकित्सकको रायअनुसार उपचार गरिरहेका मिश्रा एक वर्षसम्म पनि राहत नपाएपछि काठमाडौं गएर बी एण्ड बी अस्पतालमा बाबुकाजी श्रेष्ठकहाँ उपचारका लागि पुगे । भैरहवाको सबै कागजातसहित पुगेका मिश्रा त्यहाँ चेकजाँच गराउँदा अप्रेसन नै गलत तरिकाले भएको थाहा पाए । हड्डी जहाँ हुनुपर्ने हो त्यहाँ छैन, हातमा थप हड्डी पलाएको सुनेपछि मिश्राको होस नै उड्यो ।

मेडिकल कलेजका चिकित्सकले फिजियोथेरापी नियमति रूपमा गरे निको हुने भन्दै गरेको अवस्थामा काठमाढौंका चिकित्सकले त्यसविपरीत फिजियोथेरापी नै नगर्न भने । अप्रेसन नै गलत भएकोले हड्डी पलाएको छ, ठीक तरिकाले हड्डी ठाँउमा राखेर अप्रेसन गरेको भए फिजियोथेरापीले काम गर्ने तर हड्डी उचित ठाउँमा नराखेकाले यसले झन समस्या ल्याएको डा। बाबुकाजी श्रेष्ठलाई उदृत गर्दै मिश्राले भने ।

हात नै बाँगो भएपछि काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार गराउँदा अप्रेसन गर्दा बिगारेको र अर्को ठाउँबाट हड्डी पलाएको रिपोर्ट आएको पीडितका बुबा रामजीयावन मिश्राले बताए । हातमा अर्को हड्डी पलाएकोले दुःखाइ बढ्दै गएको पीडितको भनाइ छ ।

पीडित मिश्रले पत्रकार सम्मेलनमार्फत क्षतिपूर्तिको माग गरेको र सहज रूपमा सुनुवाइ नभए कानुनी ढंगबाट अगाडि बढ्ने बताए । अहिले पीडित मिश्राको हात सहज रुपमा फोल्ड हुँदैन र दुखाइ कम गर्ने औषधि नखाइ बस्न नसकिने अवस्थामा रहेको बताएका छन् । ६ लाख बढी उपचार खर्च लागे पनि आराम नभएको भन्दै उनले यदि गर्न सकिँदैन भने जवाफ दिनुको साटो मेडिकल कलेजले गल्ती पनि नस्वीकारी एक वर्षदेखि पैसा मात्रै लुट्ने गरेको आरोप लगाए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि गलत तरिकाले अप्रेसन भएको पुष्टि हुँदासमेत प्रमुख कार्यकारी अधिकृत अजयकुमारले डाक्टरलाई संरक्षण गरी राखेको पीडित मिश्राले बताए । युनिभर्सल मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकालले मिश्राको केसमा उपचारमा कुनै कमी र समस्या नभएको दाबी गरे ।


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...