back
parichaya patra
sanima relaiance life insurance

खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौ : मन्त्री चौधरी

372 

shares

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताए ।

महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरे । “हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ”, उनले भने ।

उनले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताए । वाग्मतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रुपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रुपमा पानी खान सकिने धारणा राखेका थिए । त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उनको भनाइ थियो ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले बाढीको कारणले बाटोमा समस्या भएका कारण पानी पुनः वितरण कार्यमा केही ढिला भएको जानकारी दिए । उनले आगामी दिनमा मेलम्ची खानेपानी विगतमा जस्तो बर्सात लाग्ने समय भयो भनेर ज्येष्ठमा बन्द गर्नुपर्ने र हिउँद पर्खेर पानी पुनः खोल्नुपर्ने समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताए । उनले खानेपानीका लागि तत्काल गर्नुपर्ने कुनै पनि काममा मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको जानकारी दिए ।

केयुकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ उपत्यकाभित्रका १० वटा पानी भण्डारण पोखरीमा पाँच करोड ८३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता रहेको जानकारी दिए । उनले नयाँ र पुरानो पाइपलाइन मर्मत गर्दै आलोपालो पानी वितरण गर्नेसमेत जनाए ।

मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले उपत्यकाभित्र हाल नयाँ पाइपमार्फत पानी वितरण हुने बताए । उनले उपत्यकाभित्र कूल एक हजार १० किलोमिटर पाइपलाइन रहेको बताउँदै पुरानो पाइपलाइन केही महिनाभित्र मर्मत गर्ने जनाए ।


सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानीलकण्ठमा निर्माण गरिएको...

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

काठमाडौं । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले पहिरेकी...

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मभन्दा...

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङ । बागलुङको बुर्तिबाङमा शनिबार घर भत्काउने क्रममा च्यापिएर...

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनविरोधी शक्ति संविधानविरुद्ध...

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

काठमाडौं। श्रमीक टाइम्स पत्रिका र श्रमिक टाइम्स अनलाइनको छैठौ...