back
sanima relaince life

रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश फिर्ता गर्न गगनको निर्देशन

636 

shares
sanima relaince life

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन्।

आज सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले अध्यादेश फिर्ता गर्न निर्देशन दिएका छन् ।

‘अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत भएकाले असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्मविपरीत रहेको उनको बताए ।
उनका अनुसार अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई नभएकाले यो विषय र मनसाय गलत रहेको छ ।

अदालतमा विचाराधीन रहेको मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने र राजनीतिक विषय हो भने आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया बढाउन सक्ने उनको भनाइ छ ।

अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै यो अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताए । अध्यादेशबारे पार्टीमा पनि कुनै छलफल नभएको उनको भनाइ छ।

‘विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको हुनाले पार्टिभित्र छलफल नभइकन यसरी एक्लो निर्णय गर्नु गलत भएकाले ततकाल फिर्ता लिन थापालेृ सरकारलाई निर्देशन गरेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले पनि यसको विरोध असहमति जनाएका छन् । निर्वाचनको समय अगाडी केही बिषयमा पनि छलफल नभएको तर अहिले नयाँ सरकार गठनका वारेमा सहयोग पुग्ने देखिएकाले सरकारले नयाँ अध्यादेश ल्याएको हो भन्ने आम नागरिकको बुझाइ रहेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरी लगायत विद्रोही नेतालाई छुटाउन मिल्ने गरी अध्यादेश ल्याएको हो।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...