back

जनप्रतिनिधिले थाले माछा व्यवसाय

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय गर्न थालेका छन् । उनले नगरलाई समृद्ध बनाउने सपना साकार पार्न आफूले व्यवसाय गरेको बताएका छन् । यसरी नै सबै जनप्रतिनिधिले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उनले बताए । उनले नगरपालिकाकै वडा नम्बर ९ सेहरीमा ९ बिघा जमिन भाडामा लिएर माछा व्यवसाय सञ्चालन गरेका हुन् ।

विक्रम संवत् २०७८ सालमा ‘डोटीस्थित निरौली विद्यालयको जग्गा सम्झौता गरेर काम शुरू गरेका थियौं,’ उनले भने, । ‘हामी दाजुभाइ मिलेर यो काम गरिरहेका छौं । निर्वाचनका कारण केही ढिलाइ हुँदा माछा हाल्न ढिला भयो, अहिले आधा माछा निकालिसकेका छौं, केही अझै निकाल्न बाँकी छ ।’

उनले आफूले माछापोखरी पनि फरक तरिकाले निर्माण गरेको बताए । ‘यसमा जेसीबी प्रयोग गरेको भए ८ देखि १० लाख कम खर्चमा पोखरी निर्माण गर्न सकिन्थ्यो,’ उनले भने, ‘हामीले ट्रयाक्टर प्रयोग गरेर नयाँ प्रविधिबाट निर्माण गरेका छौं । यसले पोखरी दीगो बन्न मद्दत गर्छ ।’ उनले यस वर्ष केही ढिलो हुँदा सबै पोखरीमा माछा राख्न नसकेको बताए ।

उनले राजनीतिलाई सेवाका रूपमा बुझी स्वयं आत्मनिर्भर बन्ने लक्ष्यका साथ माछा व्यवसाय शुरू गरेको बताए । २०७८ सालमै सञ्चालनमा ल्याइएको बीपी एग्रिगेट एग्रो फर्ममार्फत उनले माछा व्यवसाय शुरू गरेका हुन् । उनी फागुनदेखि ९ बिघामा निर्माण गरिएका सबै पोखरीमा पूरै क्षमतामा माछाका भुरा राख्ने बताउँछन्।


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...