back
health 2
aids

चीनमा पुनः कोरोना संक्रमण बढ्दै

288 

shares

बेइजिङ । कोभिडसम्बन्धी प्रतिबन्धहरु सहज गरिएपछि चीनमा कोरोना महामारी पुनः फैलिँदै गएको छ । कोरोना संक्रमण उच्च भएपछि देशको सबैभन्दा ठूलो सहर सांघाईमा अधिकांश विद्यालयहरु सोमबारदेखि बन्द गर्न आदेश दिइएको छ ।

विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न भनिएको छ । सोमबारदेखि शिशु सदन र बाल स्याहार केन्द्रहरु पनि बन्द हुने सांघाई शिक्षा ब्यूरोले जनाएको छ ।

शिक्षक र कर्मचारी कोरोनाबाट संक्रमित भएपछि केही विद्यालयहरुमा यसअघि नै भौतिक कक्षाहरु बन्द गरिसकिएको छ ।

शून्य कोभिड नीतिको विरोधमा व्यापक जनप्रदर्शन भएपछि यसै महिनाको सुरुमा चीनले लकडाउनलगायतका कोभिडसम्बन्धी प्रतिबन्धहरु निकै खुकुलो पारेको थियो । तर प्रतिबन्धहरु खुकुलो बनाएलगत्तै कोरोना संक्रमण दर बढ्दै गएको र यो गत अप्रिलको उच्च बिन्दुभन्दा पनि माथि पुगेको समाचारमा जनाइएको छ ।

अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा बिरामीको चाप बढेको छ । देशका विभिन्न स्थानमा अस्थायी स्वास्थ्य केन्द्र र सघन उपचार केन्द्रहरु बनाउन सुरु गरिएको छ । सांघाईका अस्पतालहरुमा दुई लाख ३० हजार अतिरिक्त शैय्या थपिएकोछ ।

राजधानी बेइजिङमा पनि कोरोना संक्रमण बढेको छ । संक्रमण रोक्न बेइजिङका बासिन्दालाई नेजल स्प्रेका रुपमा खोपको बुष्टर डोज दिन सुरु गरिएको छ । चीनले आफ्नो एक अर्ब ४० करोड जनसंख्यालाई कोरोनाको सामान्य लक्षणलाई घरमै उपचार गर्न र गम्भीर अवस्था देखिन थालेपछि मात्रै अस्पतालमा जान भनेको रोयटर्सले जनाएको छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान सहरमा पहिलो पटक कोभिड – १९ देखिएको थियो ।


ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले केहि कर्मचारी माग...

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदहरका लागि...

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

काठमाडौं । कृषि विकास बैंकले साधारण सभा बस्ने भएको...

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार...

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु...

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’ पर्व

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’ पर्व

खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा...