back
nepal rastra bank aniversary

स्वदेश फर्किंदै वर्षमान पुन

264 

shares
nicasia bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किनेभएका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा सामान्य सुधार आएपछि आज स्वदेश फर्किन लागेका हुन् ।

पुन चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि गत १६ मंसिरमा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गएका थिए ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा रुचि नहुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ रहेकोमा हाल घटेर १८ मा आएको पनि पुनको सचिवालयले जनाएको छ ।


वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

काठमाडौं । ‘हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन ।...

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

काठमाडौँ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका...

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट...

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा कार्यालय र...

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने...