back
RBB

राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ को समय अब दिउँसो ३ बजे हुने

198 

shares
global ime bank

काठमाडौं।राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो ।

विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तर अब पुस ५ गतेदेखि लागू हुनेगरी अपराह्न साढे ३ बजेदेखि मात्र अपोइन्टमेन्ट डेट खोल्ने विभागले जनाएको छ ।

अपोइन्टमेन्ट डेट लिनका लागि एकै समयमा धेरै सेवाग्राहीबाट माग भइआएको र यसले सर्भरमा चाप देखिएका कारण यस्तो समय परिवर्तन गरिएको पनि विभागले जनाएको छ ।

“प्रायःजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरूले पनि सोही समयमा बुकिङ खोल्ने गरेको विभागमा जानकारी प्राप्त हुन आएको छ । जसकारण विभागको सर्भरमा अत्यधिक चाप पर्न गई वेबसाइटको पेज खुल्न समय लाग्ने र हाई ट्राफिक भोलुम भन्ने म्यासेज देखाउने गरेको छ”, विभागले सोमबार जारी गरेको सूचनामा भनिएको छ ।

राहदानी लिनका लागि फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ । बुकिङ गरेको मिति र समयभन्दा अगाडि आएर लाइन बसेकै आधारमा विभागले सेवा दिँदैन । त्यसकारण आफ्नो बुकिङको दिन तोकिएको समयमा मात्र आउनुपर्ने व्यवस्था रहेको छ ।

यसरी अपोइन्टमेन्ट बुक गर्नका लागि बिहान कार्यालय समयपछि विभागका सर्भरमा बढी चाप पर्ने गरेको थियो । अपराह्न साढे ३ बजेपछि अपोइन्टमेन्ट डेट लिने व्यवस्था कार्यान्वयन गर्दा सर्भरमा समस्या कम हुने विभागले जनाएको छ ।


हुँदाखाने वर्गको हातमा पनि शिक्षा र स्वास्थ्यको पहुँच पु-याउनुपर्छ : मन्त्री जोशी

हुँदाखाने वर्गको हातमा पनि शिक्षा र स्वास्थ्यको पहुँच पु-याउनुपर्छ : मन्त्री जोशी

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अब पैसा...

गैरआवासीय नेपाली नागरिकले नेपालमा भएको सम्पत्ति विदेश लान कानुन बाधक नबन्ने

गैरआवासीय नेपाली नागरिकले नेपालमा भएको सम्पत्ति विदेश लान कानुन बाधक नबन्ने

काठमाडौं । गैरआवासीय नेपाली नागरिक (एनआरएनए) ले नेपालमा भएको...

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव...

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप गर्ने छैन : गृहमन्त्री श्रेष्ठ

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप गर्ने छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई अकास्मात्...

प्रचण्ड सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेको छैन : अध्यक्ष ओली

प्रचण्ड सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेको छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा...

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भावी कार्ययोजनाको...