back
RBB

सर्लाहीमा आगलागी हुँदा १५ लाख भन्दा बढीको क्षति

180 

shares

मलंगवा । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठिक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ ।

जिल्लाको मध्यभागमा पर्ने हरिपुर–२, सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए ।

इँटा र काठले बनेको दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए ।

आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए । आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए ।

आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।


सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले...

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा...

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई...

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक...

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका...