back
sanima relaiance life insurance

skip this prime bank

कोरोना बिमा दाबीकर्तालाई अपुग कागजात छिटो बुझाउन नेपाल बिमक संघको आग्रह

438 

shares

काठमाडौं । अहिलेसम्म भुक्तानी नपाउने कोरोना बिमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ ।

संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजात नबुझाएकालाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो ।

संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि अझैसम्म पनि आवश्यक कागजात नबुझाएका बिमितलाई आगामी १८ पुससम्ममा आपूmले दाबी गरेका कम्पनीहरूमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन यस्तो आग्रह गरेको जनाएको छ ।

यसअघि दाबीकर्तालाई बारम्बार ताकेता गर्दासमेत आवश्यक कागजात नबुझाएको भन्दै संघले यस्तो आग्रह गरेको बताएको छ । आगामी १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीमा सम्पर्क गरी अपुग कागजात बुझाउन यसरी जानकारी गराउँदा समेत नबुझाए उनीहरूको फाइल नै बन्द गरिने सो संघले जनाएको छ ।(यो समाचार आजको राजधानी दैनिकमा छ ।)


चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

काठमाडौं । चाडबाड आएसँगै पछिल्लो दुई महिनामा १ अर्ब...

हर्सोल्लासपूर्वक फूलपाती भित्र्याइँदै

हर्सोल्लासपूर्वक फूलपाती भित्र्याइँदै

काठमाडौं । आज आश्विन शुक्ल सप्तमी हर्सोल्लासपूर्वक घरघरमा फूलपाती...

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट’ सेवा सञ्चालनमा...

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब...

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक...

नेता र कर्मचारीलाई कोसेलीको ओइरो, जनतालाई बाढी र पहिरो

नेता र कर्मचारीलाई कोसेलीको ओइरो, जनतालाई बाढी र पहिरो

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको मुखमा बाढीपहिरोले ठूलोमा...