back
prabhu bank
sanima relaince life

प्राधिकरणले अव्यवस्थित तार हटाउने

516 

shares
prabhu bank
sanima relaince life

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ ।

प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ ।

प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउने छ ।

प्राधिकरणले त्यस प्रकारका तार गत मङ्सिर १८ हटाउने जानकारी गराएको थियो ।

प्राधिकरणको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको पाइएकाले अब यही पुस ११ देखि आफै हटाउने भएको हो ।

प्राधिकरणले त्रिपुरेश्वर सुन्धारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकदेखि बूढानलिकण्ठसम्मको अव्यवस्थित तार आफै हटाउने भएको हो ।

प्राधिकरणले नेविप्रा ऐन, २०४१ को दफा १९ बमोजिम अव्यवस्थित तार हटाउन लागेको जनाएको छ । प्राधिकरणले त्यसबाट हुनसक्ने नोक्सानीका लागि आफू जिम्मेवार नहुने समेत स्पष्ट पारेको छ । उक्त कार्यबाट टेलिफोन, इन्टरनेट, केबल टिभी उपभोक्तालाई पर्नसक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...