महानगरले धोबीखोला करिडोर क्षेत्रका अवैध संरचना भत्कायो
390
sharesकाठमाडौं । काठमाडौं महानगरले बुधबार पनि अवैध संरचनामाथि डोजर चलाएको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर चलाएको हो ।
सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजरमा डोजर चलाएको महानगरले जनाएको छ । महानगरले गत १ साउनमा पूर्वसूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै डोजर समेत महानगरले बताएको छ ।
वि.सं.२०७९ पुस ६ बुधवार १४:५७