back
health 2
aids

गगन थापाले सभापति देउवासँग चुनाव लड्नु नै अर्थपूर्ण छ : महामन्त्री शर्मा

234 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापाले सभापति देउवासँग चुनाव लड्नु नै अर्थपूर्ण रहेको बताएका छन् ।

उनले नेपाली कांग्रेसको पहिलो प्राथमिकतामा सरकारको नेतृत्व मात्रै नभएर राष्ट्रपतिसमेत रहेको बताएका छन् ।महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहलकदमी गर्ने । राष्ट्रपतिको कुरा त्यति छाडिदिने र दोस्रो प्राथमिकतामा राख्ने भन्ने कुरा हुँदैन ।’

सभापति देउवासँग गगन थापाले संसदीय दलमा प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेनन् । ८९ सांसदमध्ये देउवाको पक्षमा ६४ र थापाको पक्षमा २५ मत मात्रै खस्यो । उनी भन्छन्, ‘गगन थापा उम्मेदवार हुने कुराको पनि अर्थ थियो । किनभने, गगन थापाभन्दा ३२ वर्ष जेठा पार्टी सभापति संसदीय दलको नेता बन्नका लागि उम्मेदवार हुनुहुन्थ्यो ।’

महामन्त्री शर्माले अगाडि भने, ‘एज (उमेर) हामीसँगै थियो, एजेन्डा हामीसँगै थियो तर परिणाम आएन ।’

अब गगन थापासँगको सहकार्य लामो रहन्छ कि भन्ने प्रश्नमा शर्माको कूटनीतिक जवाफ छ, ‘अहिले के अपेक्षा गर्न हुन्न भने अहिले तिमीहरु यहाँ उभिएका छौ, त्यसकारण आउँदो अधिवेशनदेखि पछिसम्म हुनु भन्नचाहिँ सकिँदैन ।’ अर्को फरक प्रश्नमा शर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आयो भने राम्रो हुने विश्लेषण गरे ।

 


मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री

मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन)...

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार...

‘मिसन ८४’ मा एमाले अघि बढ्दै छः ओली

‘मिसन ८४’ मा एमाले अघि बढ्दै छः ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी...

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले केहि कर्मचारी माग...

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदहरका लागि...

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

काठमाडौं । कृषि विकास बैंकले साधारण सभा बस्ने भएको...