back
adikar sampana bagmati
fikal gaupalika

चीनमा कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

96 

shares

काठमाडौं ।चीनमा कोरोना भाइरसको नयाँ सबभेरियन्ट बी।एफ(७ देखिएसँगै नेपालले पनि चासो देखाएको छ। नेपालसँग सीमा जोडिएको चीनमा संक्रमितको संख्या बढ्दो क्रममा देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयले नेपालमा कोरोना संक्रमणको संख्या घटे पनि विश्वव्यापीरूपमा केही देशहरूमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेको बताएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुन आवश्यक रहेको बताए।

अधिकारीले भने, ‘केही देशहरूमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको छ। पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिनसिक्वेन्सिग पछि आज बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नतिजाअनुसार सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएका छन्।’

जसअनुसार ओमीक्रोन भेरीएन्ट बीए(२, बीए २।७५, बीए २।७५।१, बीए २।७५।२, बीए २।७५।३, बीए २।७५।५, बीए २।७५।६, बीए।२।७६, बीए।५।२, बीए।५।२।१,बी।एम।१, बिएम १।१।३, बिएन १।३,बी क्यूब १।१,बिक्यूव १।२,बि।वाइ।१ पुष्टि भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएका बि।एफ। ७ हालसम्म नेपालमा पुष्टि भएको छैन। सहप्रवक्ता डा। अधिकारीले भने, ‘कोभिड(१९ को संक्रमणको जोखिम फरक स्वरुपमा देखिरहेको पछिल्लो अवस्थालाई मध्य नजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा मास्कको प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रुपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत हातको सरसफाईमा विशेषत ध्यान दिनुहुन अनुरोध छ। साथै सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कहरूले तथा स्वास्थ संस्थाहरूले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कता एवंम आवश्यक तयारी अवस्थामा रहनुहुन पनि यसै विज्ञप्तिमार्फत् सतर्क गराइन्छ।’

चीनमा संक्रमित संख्या बढेपछि भारतले पनि उच्च सतर्कता अपनाएको छ। भारत सरकारले दिल्लीलगायत केही प्रदेशमा मास्क अनिवार्य गरेको छ। क्याबिनेट र संसदमा समेत मास्क अनिवार्य बनाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विदेशबाट आएकाहरूको जिनसिक्वेन्सीङ अनिवार्य गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्।


प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको उज्जैन...

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय...

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम...

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत...

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँदिल्ली । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री...