back
RBB

पालिएका बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तामा

222 

shares

वालिङ । आफूले पालेको बङ्गुर बिक्री नहुँदा व्यवसायीहरु चिन्तामा परेका छनु । स्याङ्जा जिल्लाको वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बङ्गुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी थुपै्र हुँदा त्यसले बजार नपाउँदा किसानहरुलाई समस्या परेको हो ।

कोभिड–१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बङ्गुर बिक्री हुन छाडेका फार्मका सञ्चालक भीम लुइँटेलले बताए । पहिला पहिला देशका विभिन्न ठाउँबाट पाठापाठीको माग अत्यधिक हुने र पुर्याउनै धौधौ हुने गरेकोमा पछिल्लो समय बिक्री नभएर माउ तथा पाठापाठी पाल्नुपर्ने बाध्यता आइपरेको हो ।

त्यहाँ माउ र पाठापाठी गरी एक हजार तीन सय वटा छन् । “पाठापाठी बिक्री भएनन्, बिक्री नभएपछि राख्ने ठाउँ भएन”, उनले भने, “राख्ने ठाउँको अभाव, दानापानी तथा औषधि उपचार अभावले गर्दा चार सयको हाराहारीमा पाठापाठी मरिसकेका छन् ।”

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा काम गरेका उनले घर फर्केर २०७१ सालमा फार्मको सुरुआत गरेका हुन् । सुरुआती चरणमा ब्राह्मणको छोराले बङ्गुर पाल्यो भनेर खिसी गर्नेहरु पछिल्लो समय प्रशंसकसमेत बने । फर्मको सुरुआती चरणदेखि हालसम्म रु नौ करोड लगानी भइसकेको उनले बताए ।

तयारी भएका माउ तथा पाठापाठी बिक्री नभएपछि पाल्नुपर्दा थप लगानी बढेको छ । अहिले सात सय वटा बिक्रीको तयारीमा छन् ।

“पहिला तयार भएका माउ तथा पाठापाठी बिक्री भई आम्दानी हुन्थ्यो, त्यही आम्दानी दानापानी तथा औषधिमा खर्च गरिन्थ्यो”, उनले भने । तयारी अवस्थाका माउ तथा पाठापाठी बिक्री भएमा न्यूनतम रु दुई करोड आम्दानी हुने अनुमान उनको छ ।

यता माउ तथा पाठापाठी बिक्री हुँदैनन् उता उल्टै दानापानी तथा औषधि उपचारमा मासिक रु २० लाख घाटा लाग्ने दाबी व्यवसायी लुइँटेलको छ । उनी आफैँले फ्रेस हाउस सञ्चालन गरे तर त्यहाँ पनि सन्तोषजनक मासु बिक्री भएन ।

पाठापाठी बाहिरी जिल्लामा बिक्री हुँदै आएकामा पछिल्लो समय माग आउन छाडेको छ ।


सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले...

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा...

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई...

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक...

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका...