back

प्रधानमन्त्री देउवाद्वारा क्रिसमस पर्वको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई शुभकामना दिंदै उनले चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउनु पर्ने बताए ।

प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको बताएका छन् ।

उनले यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ क्रिसमस पर्वको शुभकामना व्यक्त गरेका छन् ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...