back
स्वास्थ्य मन्त्रालय

गायनमा सिम्रनको चुलिँदो चर्चा

36 

shares

काठमाडौं । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।

मुटुमै घाउ छ।।।’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६, तीनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।

“गायनसँगै पढाइलाई निरन्तरता काठमाडौंबाट बागलुङ फर्केकी छु”, परियारले भनिन्, “विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने उद्देश्य छ ।”

कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियार बताउछिन् । “विभिन्न सर्जकले गीत आउने अवसर दिन थाल्नुभएको छ”, उनले भनिन् । परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन् । केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो गीत नै चर्चामा छ । गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा आएकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै रु ३० हजार नगदसहित सम्मान गरेको छ । उनी पहिलोपटक स्टेज शो कार्यक्रमसमेत गर्न सफल भएकी छन् । यही भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गरेकी थिइन् । उनको स्वरलाई धेरै श्रोताले रुचाएका छन् । परियारका केही गीत सार्वजनिक हुन बाँकी छन् ।

परियारले ‘फूलथुङे रानी।।।’, ‘नाता टुट्यो पराइ भइगयो।।।’, ‘तिम्रो नै माया लाग्दछ साइँला।।।’, ‘फोटो फिरेममा।।।’, ‘फूलमया।।।’, ‘तीनपाते।।।’, ‘आफ्नो आफ्नो दुःख।।।’, ‘तिमीबिना कसले बुझ्छ र।।।’ बोलका गीत गाएकी छन् । “मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनुभएको हो”, उजले भनिन् ।

गायक प्रमोद खरेलको गीत आफुलाई औधी मनपर्ने परियारको भनाइ छ । “खरेलसँगै गीत गाउने अवसर पाउँदा खुसी लागेको छ”, उनले भनिन् । खरेलले साङ्गीतिक शिक्षा लिन आग्रह गरेको परियारले सुनाइन् । गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव सुझाएका छन् ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...