back
स्वास्थ्य मन्त्रालय

कोरियामा अब बिमानमा चढनु अघि यात्रुहरूको तौल गराउनु पर्ने

2.5K 

shares

सियोल । हवाई यात्राले संसारको एक ठाउँबाट अर्को ठाउँमा जान सजिलो बनाएको छ ।

अहिलेसम्म हवाई यात्रामा आफ्नो सामान तौल्नुपर्थ्यो तर अब यात्रुलाई तौलने तयारी पनि सुरु भएको छ ।

यो नयाँ आदेश सुने पछि जो कोही पनि छक्क परेका छन् । यस्तो अवस्थामा यो निर्णय कहाँ लिइएको हो र यसको कारण के हो थाहा पाउनुहोस् ।

दक्षिण कोरियाको सबैभन्दा ठूलो एयरलाइन कोरियन एयरले विमानमा चढ्नुअघि यात्रुको तौल लिने बताएको छ। कोरियन एयरलाइन्सले उडान सुरक्षाका लागि यात्रुको औषत तौल र साथमा रहेको सामान नाप्ने बताएको छ ।

जुन महिनामा न्युजिल्याण्डमा एयर न्युजिल्याण्डबाट यात्रा गर्ने १० हजारभन्दा बढी यात्रुले पनि उडान अघि आफ्नो तौल नाप्नु परेको थियो ।

डेली मेलका अनुसार राजधानी सियोलका दुई ठूला एयरपोर्टबाट उडान भर्ने यात्रुहरूले त्यहाँ राखिएको डिजिटल स्केलमा आफ्नो तौल रेकर्ड गर्नु पर्नेछ। सरकारले उडान सञ्चालनको सुरक्षाका लागि यो निकै महत्वपूर्ण भएको बताएको छ ।

दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले सबै कोरियाली वायुसेवा कम्पनीहरूलाई आफ्नो ‘विमानको तौल र सन्तुलन व्यवस्थापन मापदण्ड’ अद्यावधिक गर्न आग्रह गरेको छ। उडान सञ्चालनका लागि आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।

कोरियन एयरले नयाँ नियमहरूको पालना गर्छ र सुरक्षाप्रति प्रतिबद्ध छ। यात्रुको सुरक्षा नै आफ्नो सबैभन्दा ठूलो प्राथमिकता रहेको एयरलाइन्सको विश्वास छ ।

नयाँ नियमहरू अगस्ट २८ देखि जिम्पो एयरपोर्टमा लागू हुनेछन् भने इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा सेप्टेम्बर ८ देखि लागू हुनेछन् ।

सरकारको यो निर्णयका कारण जनताको गोपनियतामा खतरा बढेको छ । सबैको बीचमा यसरी आफ्नो तौल दिनु उचित नभएको मानिसहरु बताउँछन् ।

एयरलाइन्सले यात्रुको गोपनियताको पूर्ण ख्याल राख्ने बताएको छ । यात्रुको तौलका आधारमा प्राप्त तथ्यांकलाई सर्वेक्षणका लागि प्रयोग गरिने बताइएको छ ।

जसको तौल बढी हुन्छ, त्यसले बढी पैसा तिर्नुपर्छ भन्ने होइन ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...