back
adikar sampana bagmati
fikal gaupalika

काठमाडौं क्षेत्र नम्बर २ का सांसदहरुलाई कोटेश्वर क्याम्पसको सम्मान

102 

shares

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसले काठमाडौं क्षेत्र नम्बर २ का संघिय सांसद र प्रदेश सांसदहरुलाई मंगलबार सम्मान गरेको छ । क्याम्पसले एक समारोहको आयोजना गरि क्याम्पस प्रांगणमा काठमाडौं क्षेत्र नम्बर २ बाट संघिय सांसदमा निर्वाचित सोबिता गौतम, प्रदेश ‘ख’ का सांसद शुनिल केसी र बाग्मती प्रदेशबाट समानुपातिक सांसद उर्मिला सुनुवारलाई सम्मान गरेको हो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपाल र क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले तिनै जना सांसदहरुलाई दोसल्ला, माला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका हुन । सामुदायिक क्याम्पसको रुपमा काठमाडौंको क्षेत्र नम्बर २ को जडिबुटीमा रहेको कोटेश्वर बहुमुखी क्याम्पसको विधान अनुसार सो क्षेत्रका सांसद क्याम्पस सभा सदस्य ९सिनेट सदस्य० रहने व्यवस्था छ ।

सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले त्रिभुवन विश्वविद्यालयले मात्र विद्यार्थीको चाप धान्ने अवस्था नरहेकोले बाग्मती प्रदेशमा सामुदायिक विश्वविद्यालय स्थापना गर्नु पर्ने टड्कारो आवश्यकता रहेको जानकारी गराउदै त्यसको लागि कोटेश्वर बहुमुखी क्याम्पस उपयुक्त हुने दावी गरे ।

क्याम्पस प्रमुख कार्कीले भने, ‘सामुदायिक विश्व विद्यालय स्थापनाका लागि विधेयक बाग्मती प्रदेश सरकार समक्ष पुगिसकेको छ । त्यसलाई नव निर्वाचित सांसदहरुले यथासक्य चाडो अगाडि बढाएर पास गर्नु आवश्यक देखिएको छ । ’ उक्त विधेयक पास गर्न सांसदहरुको विशेष सहयोग हुने अपेक्षा आफुहरुको रहेको कार्कीले बताए ।

नेपाल प्राध्यापक संघ, कोटेश्वर क्याम्पस इकाई सभापति सुरेश पोखरेलले क्याम्पसमा न्यून आर्थिक अवस्था भएका चार हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको अवगत गराउदै क्याम्पसको वृति विकासमा निर्वाचित युवा सांसदहरुको पनि हातेमालो हुनु पर्ने बताए ।

नेपाल विद्यार्थी संघ, क्याम्पस इकाईका अध्यक्ष सञ्जय बुढाथोकीले विद्यार्थीको चापको अनुपातमा क्याम्पसको भौतिक संरचनाको अभाव भएकाले सांसदहरुको सहयोग र सहकार्य आवश्यक रहेको औल्याए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपालले युवा सांसदहरुबाट जनताले मात्र नभएर क्याम्पस परिवारले पनि ठूलो आशा राखेको बताउदै शिक्षा क्षेत्रको विकासका लागि हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा तिनै जना सांसदहरुले क्याम्पसलाई आफूहरुको रचनात्मक सहयोग रहने बताएका थिए । सो अवसरमा लोक गायक कमलीकान्त भेटुवालले गीत संगीतका माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...