back

महानगरले थापाथलीस्थित अनधिकृत संरचना हटाउन माग्यो गृहको सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित अनधिकृत संरचना हटाउन आवश्यक सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

महानगरले थापाथलीस्थित वागमती नदी किनामा अनधिकृत रुपमा बनेको संरचना हटाई त्यस क्षेत्रको संरक्षण एवम् सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन वागमती सभ्यता एकीकृत विकास परियोजनाबाट अनुरोध भएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास गर्दा पनि सफल हुन नसकेको अवस्थालाई ध्यानमा राखेर महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

‘विशेष गरी थापाथलीस्थित अनधिकृत संरचना हटाइ त्यहाँ सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्र्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवम् समन्वयका लागि अनुरोध गरिन्छ’, महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी हस्ताक्षरित पत्रमा भनिएको छ ।
यस्तो छ पत्र :


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...