नेता हरि चुमानलाई गण्डकी संसदीय दलको बनाउने माओवादीको निर्णय
408
sharesकाठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेता हरिबहादुर चुमानलाई बनाउने निर्णय गरेको छ ।
शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेकोे छ ।
‘प्रदेश कमिटी इन्चार्ज हितराज पाण्डेका अनुसार पार्टीले मात्र निर्णय गरेकाले दलको बैठक बसेर औपचारिक निर्णय गर्न बाँकी रहेको छ ’ , ‘आजै संसदीय दलको बैठक छ, त्यहाँ चुमानलाई सर्वसम्मत गराउन प्रस्ताव बैठकमा जाने भएको छ ।
माओवादी संसदीय दलमा गोरखाका कृष्ण धितालले पनि दाबी गरेपछि सो विषयको निष्कर्षमा पुग्न नसकेको हो ।
वि.सं.२०७९ पुस १७ आइतवार १२:२६