back

कास्कीमा आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

कास्की। आइतबार राति घरमा भएको आगलागीमा परेर कास्कीमा एक जना निवर्तमान वडाध्यक्षको मृत्यु भएको छ।

उनी जिल्लाको मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान वडाध्यक्ष ७१ वर्षीय सुरज कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले बताए। ​

आगलागी कसरी सुरु भएको भन्ने बारेमा केही पनि नखुलेको तथा राति नै घटनास्थलमा पुगेको प्रहरीले यस बारेमा अनुसन्धान गरिरहेको इन्स्पेक्टर खड्काले बताए।

नेकपा एमालेका तर्फबाट विजयी बनेका पूर्ववडाध्यक्ष गुरुङको घरमा के कसरी आगलागी भयो भन्ने बारेमा यकिन हुन सकेको छैन। तर बिद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशङ्का स्थानीय बासिन्दाहरूले गरेका छन्।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...