back
स्वास्थ्य मन्त्रालय

तालको संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

2.2K 

shares

कैलाली– धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ ।

नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक बनभित्र पर्ने अतिक्रमणमा परेका प्राकृतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना अघि बढाएको छ ।

उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल रहेको विवरण तयार गरेको छ । तीमध्ये अधिकांश ताल अतिक्रमणमा परेका छन् । धनगढीमा रहेका तालको संरक्षण गर्ने हिसाबले १९ वटै वडामा फिल्ड नक्सा र प्राविधिक जनशक्ति पठाएर तालको विवरण तयार गरिएको उपमहानगरका डिभिजन इन्जिनियर दिजराज भट्टले बताए ।

नगर क्षेत्रभित्र अतिक्रमण गरिएका ताल खाली गर्ने र संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने इन्जिनियर भट्टको भनाइ छ ।

उनले नगर क्षेत्रभित्र रहेका अधिकांश ताल नक्सामा मात्रै देखिने गरेकाले ती तालको संरक्षणका लागि पहल अघि बढेको बताए । उपमहानगरपालिकाले नगरका केही वडामा अतिक्रमण गरिएका तालको संरक्षण गरिसकेको जनाएको छ । उपमहानगरले तयार गरेको विवरणमा केही ताल छुटेको भए खोजी गरिने डिभिजनल इन्जिनियर भट्टको भनाइ छ ।

धनगढीमा भूमिगत जलस्रोतको तह घट्दै गएको पाइएकाले पानीको पुनर्भरण गर्न, वर्षामा हुने डुबान नियन्त्रण गर्न तथा प्राकृतिक अवस्था र पर्यटनको विकास गर्न ताल संरक्षण गर्ने उपमहानगरले नीतिगत व्यवस्था गरेको उनको भनाइ छ ।

पानीको पुनर्भरण, प्राकृतिक सौन्दर्य, माछापालन र पर्यटनका गतिविधि गर्न नगर क्षेत्रका सम्पूर्ण तालको अतिक्रमण खाली गरी संरक्षण गरिने उपमहानगरपालिकाले जनाएको छ ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...