back

भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्कमा वृद्धि

भक्तपुर । अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो ।

नगरपालिकाका पर्यटन सूचना केन्द प्रमुख गौतम सिलवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हुँदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरुप शुल्क समायोजन गरेको बताए । नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको रु पाँच सय शुल्क भने यथावतै राखिएको र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग एक हजार पाँचसय लिँदै आएकामा जनही एक हजार ८ सय लिने निर्णय भएको उनले बताए ।

प्रमुख लासिवाले भने, ‘नगरपालिकाले नगर परिषद्बाटै शुल्क समायोजन गर्ने निर्णय गरेको थियो, त्यसलाई फष्ट जनवरीदेखि लागू गरेका हौँ, डरलको मूल्य एक सय ३० को हाराहारीमा पुगेकाले मूल्य समायोजन गरेका हौँ, डलरमा शुल्क भुक्तानी गर्नेसँग १५ अमेरिकी डलर नै लिने र नेपाली रुपैयाँ भुक्तानी गर्नेको हकमा एक हजार आठसय लिने निर्णय भएको छ ।’


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...