back
himalayan bank

बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम

936 

shares
nicasia bank

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० जना महिला भेला हुन्छन्। बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्‍न सामग्री बुनिरहेका हुन्छन्।

बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै बाँसका चोयाबाट घरायसी काममा प्रयोग हुने रहरलाग्दा विभिन्‍न सामग्री बनाइरहेका छन्। गाउँमा बेरोजगार रहेका महिलालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा महिला उद्यमी संघले बाँसका सामग्री निर्माणसम्बन्धी एकमहिने तालिमको आयोजना गरेको हो।

यही भदौ १० गतेदेखि सुरु भएको बाँसका सामग्री निर्माणसम्बन्धी तालिममा सहभागी महिलालाई बाँसका चोयाबाट पेनकेस, ¥याक, फूलदानी, डुङ्गाबास्केट र डस्बिन बुन्‍ने सीप सिकाउने गरिएको छ। तालिममा सहभागी महिला आफैँ बाँस ढाल्छन् र सोही बाँस फुटाएर आफैँ चोया काढ्ने गर्छन्।

बाँसका चोयाबाट बन्‍ने घरायसी सामग्री निर्माण गर्न १५ दिन सिकेकी स्थानीय प्रेलिना राई अहिले आफैँ सहप्रशिक्षक बनेकी छन्। केन्द्रबाट आएकी शर्मिला लामाले १५ दिन प्रशिक्षण दिएर गएपछि अहिले प्रेलिनाले सिकाउँदै छिन्। तालिममा सहभागीमध्ये उत्कृष्ट बनेर सामग्री बुन्दै अरुलाई पनि सिकाउँदै आफू पनि सिक्दै आएकी प्रेलिना यही पेसाबाट जीविकोपार्जन गर्न सकिने बताउँछिन्।

‘पुरुषले गर्दै आएको बाँसका सामग्री निर्माण गर्ने काम गरेर व्यावसायिक बन्‍ने योजना छ,’ उनले भनिन्, ‘गाउँघरमा प्रायः पुरुषले गरिरहेका यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्‍ने यसअघिसम्म लाग्दैन थियो। तर अहिले सिक्दै जाँदा सम्भव हुनेरहेछ भन्‍ने लागेको छ। गाउँमा बाँस टन्‍न पाइन्छ, तालिमपश्‍चात यही व्यवसाय गर्ने सोच बनाएकी छु।’

तालिममा सहभागी ३० महिलामध्ये २५ जना बाम्राङका छन् भने चारजना वडा नम्बर १ दिक्तेल र एकजना दिप्रुङ चुइचुम्मा गाउँपालिकाका छन्। तालिममा सहभागी अधिकांश महिलाले तालिमपश्‍चात आ–आफ्नो गाउँ फर्किएर यही पेसालाई निरन्तरता दिने बताएका छन्। गाउँमा बेरोजगार रहेका महिलालाई बाँसका सामग्री बनाएर आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला उद्यमी संघकी कोषाध्यक्ष सञ्जु खत्री (बस्‍नेत)ले बताइन्।

‘सामग्रीको बजारीकरण संघले गर्ने योजना बनाएका छौँ,’ उनले भनिन्, ‘१५ जना उत्कृष्ट छानेर माद्रो, नाङ्लो, डालोलगायत सामग्री बुन्‍न सिकाउने तयारी छ। तालिममा सभागी महिलालाई खाना, खाजा तथा यातायात खर्चवापत १५ हजार रुपैयाँका दरले भत्तासमेत उपलब्ध गराइएको छ।’

दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्‍चालित सपिङ कम्प्लेक्समा कोसेली घर खोल्ने तयारी छ। यसका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ। यसअघि महिला उद्यमी संघले महिलालाई अचार बनाउने र खोसेलाबाट सजावटका सामग्री निर्माणसम्बन्धी तालिम दिएको थियो।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...