back
स्वास्थ्य मन्त्रालय

धनकुटामा १२ दिने शल्यक्रिया शिविर सुरु

30 

shares

धनकुट । धनकुटामा आजदेखि १२ दिने निःशुल्क वृहत स्वास्थ्य शिविर सुरु भएको छ । ‘पहुँच नहुनेका लागि पहुँच’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको सो शिविर अमेरिकाको हवाईस्थित अलोह मेडिकल मिसनको प्राविधिक सहयोगमा सुरु भएको हो ।

शिविरको पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा र अलोह मेडिकल मिसनका टिम प्रमुख क्लेम्प क्रिष्टोफरले संयुक्तरुपमा उद्घाटन गरे ।

शल्यक्रिया शिविर असहाय र निम्न वर्गका सेवाग्राहीलाई सेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिए । शिविरका लागि मिसनका ४१ चिकित्सकको स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको शिविर प्रचारप्रसार संयोजक तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।

छैटौँ पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पायल्स, हर्निया, पित्तथैलीमा भएको पत्थरी, मुत्रनलीमा भएको पत्थरी, दन्त सेवा, आङ्ग खसेका महिलाको उपचार, शरीरका विभिन्न स्थानमा आएका गाठागुठीहरुको उपचार, टन्सिल, थाइराइडलगायत उपचार गरिने आयोजकले जानकारी दिएको छ ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...