back
स्वास्थ्य मन्त्रालय

उपचारका लागि आर्थिक सहयोगको अपिल

1.1K 

shares

काठमाडौं । दुवै मिर्गौलाले काम गर्न छाडेपछि चितवनको भरतपुर अस्पताल भर्ना भएकी बिन्दु ढकाल भट्टराईको परिवारले सहयोगका लागि अपिल गरेको छ । तनहुँको बन्दिपुर गाउँपालिका–३ की बिन्दुको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो ।

बिन्दु दुवै मृगौला फेल भएपछि गत वैशाख १ गतेदेखि चितवनको भरतपुर अस्पतालमा उपचाररत छिन् । ४२ वर्षीया भट्टराईका श्रीमान मनोहर भट्टराईले थप उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका हन् ।

“सरकारले निशुल्क मृर्गौला डायलिसिस हुन्छ भनेपनि औषधी र इन्जेक्सन किन्दा हप्तामा १३ हजार रुपैयाँ भन्दा बढी खर्च लाग्ने गरेको छ । हप्ताको दुुई दिन डायालासिस गर्नुपर्छ” बिन्दुका श्रीमान मनोहरले भने,“घरमा आम्दानी छैन्, आफ्नो कमाई छैन्, कमाइ भएकी इन्दु बिरामी छिन्, म पनि उनको हेरचाहका लागि सबै छाडेर बसेको छु, घरमा बुढी आमा मात्रै हुनुहुन्छ । वैशाखदेखि उनको उपचारको लागि चितवनको भरतपुरमा बस्दै आएका छौं । घरको विचल्ली छ । डायलासिस गर्न पनि गाह्रो भएको छ ।”

उपचारकै क्रममा आफुसँग भएको रकम खर्च भइसकेको र थप उपचारका लागि समस्या परेको उनले सुनाए । बिरामीलाई बचाउन मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको चिकित्सकले बताएको बिन्दुका श्रीमान मनोहरले बताए ।

श्रीमतीलाई मृगौला प्रत्यारोपण गरेर बचाउन चाहेका मनाहरले चिकित्सकले चाडो भन्दा चाडो आर्थिक सहयोग जुटाएर तयारी अवस्थामा बस्न सल्लाह दिएको सुनाए । मनोहरले देश विदेशमा रहेका सबैमा सहयोग गरी श्रीमतीको उपचारमा सहयोग गर्न याचना गरेका छन् । बिन्दुका एक छोरा र एक छोरी छन् । बिन्दुले केही गर्न सक्ने उमेरमै मिर्गौला फेल भई थला परेपछी आर्थिक अवस्था थप नाजुक बनेको परिवारको भनाइ छ ।

शुभेच्छुकले सनराइज बैंकको सत्यदेवी ढकालको नाममा रहेको खाता नं ०३४१४ १००५२ ४८३९ ०००००१ नम्बरमा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ ।

बिन्दुको ३५ दिनसम्म आइसीयुमा राखेर उपचार गरेपछि अहिले पनि सोही अस्पतालमै उपचार भइरहेको छ ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...