back
sanima relaince life

चितवनमा बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते

984 

shares
sanima relaince life

चितवन । बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो ।

गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए । घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उनले जानकारी दिए ।

बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताए । बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको त्यहाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए ।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...