back
adikar sampana bagmati
fikal gaupalika

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

90 

shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न बुधबार बिहान महाराजगन्जस्थित शीतल निवास गएका थिए। उनीहरू राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको थियो।

एमाले अध्यक्ष ओलीले करिब दुई घन्टा राष्ट्रपति भण्डारीसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको स्रोतले बताएको छ। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको छ।

राष्ट्रपतिको निर्वाचनको तयारी भइरहेका बेला सत्तारुढ दल एमालेका अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अध्यक्ष ओलीले मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवाचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै छलफल गरेका थिए। मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका ओली फर्किएपछि बालकोटामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।

 

 


प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको उज्जैन...

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय...

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम...

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत...

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँदिल्ली । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री...