back

टोखा नगरपालिकाले विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिनुभयो । छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख रकम विनियोजन गरेको छ ।

नगरपालिकाका अनुसार स्थानीय तहका १० जना, विपन्न परिवारबाट १० जना, बाबु वा आमामध्ये कुनै एक वा दुवै अभिभावक साथमा नभएका १० जना, अपाङ्गता भएका पाँच जना, छात्रा दुई जना, कर्मचारीका सन्तान तीन जनालाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।

छात्रवृत्तिका लागि निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, जन्मदर्ता वा नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित शैक्षिक संस्थामा अध्ययनरत रहेको सिफारिसपत्र, आफू अध्ययन गरिरहेको कक्षाभन्दा तल्लो कक्षाको शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने सो नगरपालिकाले जनाएको छ ।


प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...

बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला

बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला

काठमाडौं । पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको...