back

माघीको तयारीमा जुटे थारू समुदाय

बेदकाट । कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् ।

माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताए । “बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानीपिसानी गर्नेलगायत कार्यमा जुटेका छन्,” उनले भने, “हामी माघीलाई नयाँ वर्षको रुपमा मनाउँछौँ ।” माघ १ गतेदेखि थारू नयाँ संवत् सुरुवात हुने थारु समुदायको मान्यता छ ।

उनीहरु माघीमा बङ्गुरको मासु नभइ नहुने परिकारको रुपमा लिन्छन् । “माघमा बङ्गुर नभएकाले त्यसको तयारीमा अहिले देखिनै जुटेका छन्,” सुरजले भने, “मासु लिनेको लिस्ट माघीपूर्व नै बनाइसकेका हुन्छौँ ।”माघीमा चामलको पिठोबाट परम्परागत परिकार ढिक्री बनाउने गरिन्छ । ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानीपिसानीको काम भइरहेको भीमदत्त नगरपालिका–१८ की लक्ष्मी चौधरीले बताए ।

“विस्तारै विस्तारै गाउँघरका सबैजना तयारीमा जुटेको देखिन्छ,” उनले भने, “हाम्रो पनि तयारी भइरहेको छ ।”माघीको अवसरमा विभिन्न ठाउँमा माघी मिलन कार्यक्रमसमेत आयोजन गरिन्छ । उक्त समुदाय अहिले माघी मिलनको कार्यक्रमको तयारीमा समेत रहेको छ । माघी माघ महिनाभर मनाउने गरिएको बेदकोट नगरपालिकाका प्रदीप रानाले बताए । “पुस अन्तिम दिनदेखि पर्व सुरु हुन्छ, पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन छ,” उनले भने, “ सखिया, लठ्ठी नाच देखाउँदै घर घरमै गएर सानालाई आर्शिवाद दिने र ठूलाबाट आर्शिवाद लिने गरिन्छ ।”

प्रदिपका अनुसार माघ १ गतेका दिन सबेरै उठेर नजिकैको नदी, तलाउमा नुहाएर पूजापाठ गर्ने प्रचलन छ । यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नाका साथै ढिक्री, मासुलगायत परिकार खाएर पर्व मनाउने गरिन्छ । पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्य सुरुवात गर्ने प्रचलन थारु समुदायमा छ ।

माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ । यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन पनि गरिन्छ । धार्मिक र सामाजिक महत्व बोकेको माघी थारू समुदायका मुक्तकमैयाका लागि मुक्तिको पर्व पनि हो । माघी मनाउन विदेश रहेका व्यक्ति पनि घर फर्कने गर्छन् । माघ ठूलो र खुशीको पर्व रहेकाले बस्तीमा नाचगान गरेर मनाउने गरिएको लालझाडी गाउँपालिकाका लोकेन्द्र चौधरीले बताए ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...