back
RBB

स्थानीय जनताको आन्दोलनमा वृहत नागरिक आन्दोलनद्वारा ऐक्यबद्धता

180 

shares

काठमाडौँ । शंखरापुर नगरपालिका वडा नं ३ बोझेनीमा स्थानीय जनताले गरेको आन्दोलनमा वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको विद्युतीय सबस्टेसनले विकासका नाममा जनताको थातथलो र आदिभूमि अतिक्रमण गरेको भन्दै स्थानीय जनताले केही दिनेदेखि आन्दोलन गरिरहेका छन् ।

स्थानीय जनतासँग गरिनुपर्ने न्यूनतम सहमति र सहकार्यलाई कुल्चेर विकासका नाममा जनतालाई उठिबास लगाउने काम भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । कुनै पनि बस्ती, समुदाय वा स्थानको ऐतिहासिकतालाई नै ध्वस्त पार्ने गरी भएको उक्त कार्य स्वीकार्य नभएकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विकास र समृद्धिको नाममा जनताको मागलाई बेवास्ता गर्दै राज्यले बलमिच्याइँ गरेर प्रहरी दमन गर्ने क्रियाकलापलाई बृहत् नागरिक आन्दोलनले भर्त्सना गर्छ ।

लोकतन्त्रको आधारभूत मूल्यमान्ता विपरीत सरकार हप्तौँसम्म जनताको मुद्दालाई बेवास्ता गरिरहनु खेदजनक छ । सुरक्षा निकायबाट महिला, ज्येष्ठ नागरिक, बालबालिकासमेतलाई हातपात गर्नेजस्ता क्रियाकलापको छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने बृहत् नागरिक आन्दोलनको माग रहेको छ ।


सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले...

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा...

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई...

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक...

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका...