back
adikar sampana bagmati
fikal gaupalika

नेकपा एसले प्रचण्डलाई विश्वासको मत दिने

360 

shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई सशर्त समर्थन गर्ने भएको छ । सो पार्टी आजै विश्वासको मत लिन लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मत दिने निर्णय गरेको हो ।

बिहान बसेको सचिवालय बैठकले सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘अहिले हामी विश्वासको मत दिन्छौँ, त्यो पनि सर्तसहित,’ उनले भने, ‘हाम्रा एजेण्डा र सर्तहरू पूरा नभएर जुनसुकै बेला पनि सरकारबाट बाहिरिन सक्छौँ , प्रतिपक्षमा बस्छौँ ।’

२ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। दोस्रो बनेको एमालेसँग ७८ सांसद निर्वाचित भएर आएका छन्। त्यसमा स्वतन्त्र जितेर आएका किरण साह पनि थपिएका छन्। सरकारको नेतृत्व गरिरहेको माओवादीका ३२ सांसद छन्। पहिलो पटक नै निर्वाचनमा सहभागी भएर चौथो बनेको रास्वपाका २० सांसद छन्। राप्रपाका १४ सांसद छन्। जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४, नेमकिपा र जनमोर्चाका १–१ सांसद छन्।


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...