back
sanima relaince life
citizen life
machapuchre bank

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

474 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन्।

गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड बुधबारबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्।

खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ। यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि गोरखा जाँदैछन्। गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन्। सोही अवसरमा नेपाली सेनाले परम्परागत पोसाकमा परेड प्रदर्शन र राष्ट्रनिर्माताप्रति सलामी अर्पण गर्ने कार्यक्रम छ।

उनले गोरखा नगरपालिका र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको मनोग्राम उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। करिब २२ लाख रुपियाँको लगानीमा निर्माण गरिएको मनोग्राममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक, नेपालको नक्सा र राष्ट्रिय झन्डा राखिएको छ।

सो मनोग्राममा अब हरेक साँझ–बिहान नेपाली सेनाले परेड प्रदर्शन गर्नुका साथै राष्ट्र निर्माताप्रति सलामीसमेत अर्पण गर्नेछ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...