back
relaible life insurance
sanima relaiance life insurance

सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै

366 

shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदका लागि आज शुक्रबार फेरि मतदान हुने भएको छ ।

बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो । आज बिहान ११ बजे बस्ने बैठकमा फेरि सभामुख चयनका लागि मतदान हुनेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मतदानमा ५० जनाले भाग लिएका थिए । यसरी सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्दथ्यो ।

तर, सत्ता गठबन्धनका माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरे । भण्डारीले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको कुल २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो ।

रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।


जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहालले जनयुद्ध...

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

काठमाडौं । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश...

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ देखि २२...

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

काठमाडौं । होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर...

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले...