back
RBB

बागमतीको उपसभामुखको चुनाव आज हुँदै

192 

shares

मकवानपुर । बागमती प्रदेशको उपसभामुख पदका लागि आज (सोमबार) चुनाव हुँदैछ । उपसामुख पदका लागि आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेशको उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । गत पुस २९ गते बसेको प्रदेशसभाको बैठकले उपसभामुख पदका लागि माघ २ गते सोमबारको मिति तय गरेको थियो ।

प्रदेशसभा बैठकले मिति तय गरेलगत्तै सोही दिन उपसभामुख पदका लागि मनोनयन दर्ता गरेको थियो । प्रदेशसभा सचिवालय हेटौंडाले उपसभामुख पदका लागि शुक्रबार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो । उपसभामुख पदका लागि ३ वटा दलबाट ३ जनको उम्मेदवारी दर्ता भएको हो ।

उक्त अवधिमा प्रदेशसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकीपाका सांसदले उम्मेदवारी दिएका हुन् । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उपसभामुख पदका लागी उम्मेदवारी दिएकी छिन् भने नेपाली कांग्रेसबाट सुना परियारको उम्मेदवारी दिएकी छिन् । नेमकीपाबाट गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले नेपालको संविधानको धार १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ९ को उपनियम (२) बमोजिम उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय स्तरमा गत पुस २५ गते भएको सत्तारुढ गठबन्धनको भागबण्डाको क्रममा बागमती प्रदेशको उपसभामुख पद एमालेको भागमा परेको थियो ।

सोही अनुसार उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी चापागाईंले उम्मेदवारी दर्ता गरेकी हुन् ।
पद तथा गोपनियताको सपथ लिएसँगै नव नियुक्त प्रदेशसभाका सभामुख भुवन पाठकले उपसभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई जिम्मेवारी दिएका थिए ।

उपसभामुख पदमा उम्मेदवार बनेकी एमालेकी चापागाईलाई माओवादी केन्द्रकी कुमारी मोक्तानको प्रस्तावमा राप्रपाकी आशा लामाले समर्थन गरेकी छिन् । सत्ता गठबन्धनमा रहेको एमालेकी चापागाईंलाई माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।

त्यस्तै नेमकीपाकी काफ्लेको प्रस्तावकमा दलका नेमकीपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साई रहेका छन् भने समर्थकमा सांसद सुजना सायजु रहेकी छिन् । त्यसैगरी कांग्रेसबाट प्रदेशसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी परियारको प्रस्तावकमा सांसद उत्तम जोशी रहेका छन् भने समर्थकमा याङ्किला शेर्पा रहेकी छिन् । बागमती प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । प्रदेशसभामा सत्ता गठबन्धन दल एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको २ गरी ६३ जना सांसद रहेका छन् ।

बागमती प्रदेशसभाको सभामुखको लागि शुक्रबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट सरकारलाई समर्थन दिएको नेकपा एकीकृत समाजवादीले तथस्ट भुमिका निर्वाह गर्यो । सोही अनुसार एकीकृत समाजवादी आज हुने उपसभामुख पदको निर्वाचनमा पनि तथस्ट रहने निश्चित रहेको छ । प्रदेशसभामा सो दलका ७ जना सांसद छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद रहेका छन् भने नेमकीपाका ३ जना सांसद रहेका छन् ।


महानगरभित्रका पूर्वाधार अपाङ्गतामैत्री : महानगर प्रमुख आचार्य

महानगरभित्रका पूर्वाधार अपाङ्गतामैत्री : महानगर प्रमुख आचार्य

गण्डकी । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले निर्माण...

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी...

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता...

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार...

काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका...

सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...