मदनकृष्णको स्वरमा नयाँ गीत ‘सुन न तिमि राम्रो लाग्यो’ सार्वजनिक
438
shares
काठमाडौँ। वरिष्ठ हास्य कालाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमि राम्रो लाग्यो’ नामक गीत सार्वजनिक भएको छ ।
प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियो कालाकार मदनकृष्णकी छोरी सराना श्रेष्ठले निर्देशन गरेकी हुन् ।
गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।
वि.सं.२०८० कात्तिक १९ आइतवार १४:४९