back
adikar sampana bagmati
fikal gaupalika

रास्वपाबाट खनाल र ढकाल मन्त्री बन्ने निश्चित, उपसभामुखमा सोविता

54 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार अबेर रातिसम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा रास्वपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको हो ।

उसको भागमा गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम तथा रोजगार मन्त्रालय परेको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा पार्टी सभापति रवि लामिछाने यसअघि नै नियुक्त भइसकेका छन् । अब दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त हुनेछन् ।

विज्ञताको आधारमा मन्त्री बनाउने निर्णय गरेको रास्वपाबाट शिशिर खनाल र डोलप्रसाद अर्याल मन्त्री बन्ने भएका छन् ।
शिक्षामा खनाल र श्रममा ढकाल मन्त्री बन्ने निश्चित भइसकेको एक नेताले जानकारी दिए ।

खनाल टिच फर नेपालका संस्थापक हुन् । उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए । अर्याल भने रेमिटयान्स व्यवसायी हुन् । उनले जापानमा केही समय काम समेत गरेका थिए ।

स्रोतका अनुसार राज्यमन्त्रीमा सन्तोष परियार या तोषिमा कार्कीमध्ये एक जनालाई पठाउने सम्भावना छ । त्यस्तै रास्वपाले उपसभामुख पनि पाउने भएको छ । उपसभामुखमा काठमाडौं २ बाट निर्वाचित सांसद सोविता गौतमलाई पठाउने तयारी छ ।


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...