सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न पुगे उपप्रधानमन्त्री पौडेल
396
sharesकाठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न पुगेका उपप्रधानमन्त्री पौडेलले पुनको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
यसअघि उपचाररत पुनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई पुस ३० गते अस्पताल भर्ना गरिएको थियो ।
नेता पुन मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।
वि.सं.२०७९ माघ ४ बुधवार ११:३०