back
RBB

स्वास्थ्यमन्त्री बस्नेतले गरे, मण्डनदेउपुर नगरअस्पतालको शिलान्यास

336 

shares

काभ्रेपलान्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा निर्माण हुने १५ शैयाको नगर असपतालको आईतबार एक समारोहबिच शिलान्यास गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मण्डनदेउपुर नगरपालिकाको लागत साझेदारीमा रु.२२ करोड ८६ लाखको लागतमा वडा नम्बर ७ मा निर्माण हुन लागेको उक्त नगर अस्पताल विसं २०८१ पुषभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल भवन निर्माण गरेर मात्र नपुग्ने बताउदै त्यसका लागि आवश्यक जनशक्ति र उपकरणको आवश्यकता पर्ने बताए ।

नेपाल सरकारले विसं २०५४ सालदेखि स्वास्थ्यमा दरबन्दी थप नगरेकोले अहिले निर्माण भइरहेका अस्पतालहरुमा जनशक्तिको अभाव देखिएको बताउदै बस्नेतले स्वास्थ्यमा थप दरबन्दी थप्न आफुले पहल गरिरहेको र त्यसको परिणाम चाडै देखिने दावी गरे । मन्त्री बस्नेतले भने, ‘ बिगतका स्वास्थ्य मन्त्रीहरुले जनशक्ति बढाउने तिर ध्यान दिएनन् । जसको फलस्वरुप अस्पताल भवनहरु मात्र बने तर जनशक्ति बढेन ।

अब म जनशक्ति बढाउने काममा लागेको छु । ६ महिनाभित्र नेपालका सरकारी अस्पतालहरुमा अत्यावश्यक जनशक्तिको दरबन्दी सिर्जना हुन्छ । ’ देश भरिका अधिकांश अस्पतालहरुमा ठूला उपकरणको अभाव देखिएको बताउदै मन्त्री बस्नेतले विश्व बैंकको सहयोगमा स्वास्थ्य मन्त्रालयले साना खालका उपकरण किनेर असपतालहरुलाई उपलब्ध गराउन लागेको जानकारी दिए । अधिकांश ठेकेदारहरुले निर्माणको काम समयमा नसक्ने र कम गुणस्तरको भवन बनाउने गरेका गुनासो आइरहेको बताउदै मन्त्री बस्नेतले समयमै भवन निर्माण सम्पन्न गराउन पालिकाका अधिकारीले खवरदारी जारी राख्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पुर्व गृह सचिव जनार्दन नेपालले गुणस्तरीय उपचार सेवा प्रदान गर्न अस्पताल भवनसँगै उपकरण र जनशक्ति हुनै पर्ने बताउदै पछिल्ला वर्षमा मेकिडल कलेज , नर्सिङ कलेज खोल्ने क्रम बन्द भएपछि स्वास्थ्यको प्राविधिक जनशक्तिको अभाव देखिन लागेको बताए ।

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख बिष्णुमणी नेपालले १० शैयाको नगर अस्पताल बनाउने कुरा अगाडि बढ्न लागेको बेला स्वास्थ्य मन्त्री बस्नेतको पहलमा ५ शैया थप भएर १५ शैयाको अस्पताल निर्माण हुन लागेको बताउदै अस्पतालमा जनशक्तिको अभाव भएकाले स्वास्थ्यकर्मीको व्यवस्था गरिदिन आग्रह गरे ।

मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले अहिले संञ्चालनमा रहेको ५ शैयाको अस्पतालमा निजी क्षेत्रमा एक जना चिकित्सक करारमा नियुक्त गरिएको जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक चिकित्सकको व्यवस्था गरिदिन आग्रह गरे । शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले स्वास्थ्य मन्त्री बस्नेत समक्ष अस्पतालमा आवश्यक पर्ने चिकित्सक र उपकरणको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी...

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)...

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’...

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

दुबई । कोप–२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा...

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको...

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि...