back

प्रतिनिधिसभा सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं ।प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उमेदवारी दर्ता हुँदै छ। दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ।

तर, अहिलेसम्म पनि सभामुख दाबी गरिरहेका दलहरुले उमेदवार तय गर्न सकेका छैनन्। प्रधनमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति र सभामुख लिने सहमति गरेको नेकपा एमालेले समेत सभामुखको उमेदवार तोक्न सकेको छैन।

यस्तै संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ तर कांग्रेसले पनि के गर्ने भन्ने अझै टुग्याएको छैन।

सदनको अभूतपूर्व मत लिन सफल भएका प्रधानमन्त्री दाहालले भने सभामुख र राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउने भन्दै छलफल थालेका छन्। मंगलबार बालुवाटारमा विश्वासको मत दिएका सबै पार्टीहरु बोलाएर उनले छलफल पनि गराएका छन्। छलफलमा कुनै सहमति हुन सकेन।

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको खोजी गरे पनि एमाले भने आफूले पाउने भनेका पद छोड्ने पक्षमा देखिएको छैन। एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य देवराज घिमिरे र सांसद विद्या भट्टराई सभामुखका आकांक्षीका रुपमा देखिएका छन्। पूर्वसभामुखसमेत रहेका दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुखमै दोहोरिन प्रस्ताव आए पनि उनले त्यो प्रस्ताव अस्वीकार गरिसकेका छन्।

प्रतिपक्षमा रहेको कांग्रेसले सभामुख चुनावबाटै सत्ता गठबन्धन जोखिममा पर्ने र सभामुख आफ्नो वा आफूले चाहेको व्यक्ति बन्ने आकलन गरेका थियो। तर, सभामुख चुनावका लागि मनोनयन दर्ताको समय आइपुग्नै लाग्दासमेत अपेक्षाकृत वातावरण नबनेपछि कांग्रेस उमेदवारको खोजीमै लागेको छैन।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सभामु्ख र राष्ट्रपति चुनावमा आफ्ना उमेदवार जिताउन अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेका थियो।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...