back
RBB

खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री

456 

shares

महेन्द्रनगर । त्रिचालीस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन् ।

‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु प¥यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु प¥यो ।’ भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए ।

भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए। ‘कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ’, उनले भने ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए।

गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी...

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)...

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’...

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

दुबई । कोप–२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा...

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको...

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि...